spot_img
Wednesday, December 3, 2025
Homeबजारअवस्थ जीवनशैलीका कारण मुटु रोगको जोखिम

अवस्थ जीवनशैलीका कारण मुटु रोगको जोखिम

spot_img

अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारहरु मुटु रोगको जोखिममा परेका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र स्वर्गीय पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वय तथा भेरी अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क मुटु जाँच शिविरु मा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा रिपोर्टमा मुटु रोगको जोखिम देखिएको हो ।
७७ जना पत्रकारहरुको चेकजाँच गर्दा ४५ प्रतिशत बढीलाई कोलेस्ट्रोलको समस्या देखिएको भेरी अस्पतालका मुटु रोग विभाग प्रमुख समेत रहनुभएका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा.कृष्ण अधिकारीले बताए । डा.अधिकारीका अनुसार उच्च रक्तचाप र सुगरको समस्या पनि धेरैमा देखिएको छ ।
अस्वस्थ जीवनशैली र खानपानका कारण मुटुलाई असर गर्ने रोग धेरैमा देखिएको पाइयो,डाअधिकारीले भने–‘उहाँहरुलाई अनुशासित जीवनशैली अंगिकार गर्न र जीवनशैली बदल्न सुझाव दिएका छौं ।’ वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा. विकास नेपालका अनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धि समस्या हुने गर्छ । शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले रक्तधमनीमा अवरोध पैदा गरी मुटु सम्बन्धि गम्भीर समस्या निम्त्याउने गर्छ । यसबाट हृदयाघातको सम्भावना समेत बढ्ने गर्छ । त्यसैले यसको नियन्त्रणका लागि व्यक्ति सचेत हुनुपर्ने डा. नेपालको भनाई छ ।

कोलेस्ट्रोललाई नियन्त्रण गर्नका लागि व्यायाम गर्ने, धूमपान तथा मद्यपान त्याग्नुका साथै बोसोरहित खानेकुराको सेवन गर्न डा.अधिकारी सुझाउछन । डा. अधिकारीले फाइबरयुक्त खानेकुराका साथमा हरिया सागसब्जी, फलफूल तथा तरकारीको सेवन अधिक मात्रामा गर्न सुझाव दिएका छन । मुटु रोग विभागमै कार्यरत फिजिसियन डा।विपिन आचार्यले पत्रकारहरुको स्वास्थ्य रिपोर्टमा मुटुमै समस्या भएको नपाइए पनि तर जोखिम निम्त्याउने कारणहरु धेरैमा देखिएको भन्दै जीवनशैली फेर्न सुझाव दिए। उमेर, शरीर अनुसारको तौल सन्तुलनमा राख्नेदेखि नियमित व्याम गर्ने, खानपिनमा सचेतता अपनाउन उनको सुझाव रहेको छ ।

प्रेस स्वतन्त्रता सेनानी स्वः पन्नालाल गुप्ताको ९७औं जन्मजयन्तीको अवसरमा आयोजित उक्त शिविरको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले गरेका थिए । त्यसक्रममा उनले पत्रकारहरु आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्छ भन्ने सन्देश शिविरले दिएको बताए।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले हरेक नागरिकको मुटु बलियो हुनुपर्ने भन्दै पत्रकारहरुको मुटु झनै बलियो हुनुपर्ने धारणा राखे । उनले त्यसका लागि नियमित चेकजाँच गर्न र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए। नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मुटु स्वस्थ र मन स्वच्छ राखेर असल पत्रकारिता गरौं भन्ने सन्देशका लागि शिविर महत्वपूर्ण भएको बताए । उनले पत्रकारले आममानिसमा नियमित मुटु जचाउन र जोगाउन सन्देश प्रवाह गर्नुपर्ने दायित्व बहन गर्नुपर्नेमा पनि जोड दिए।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले नसर्ने रोगको प्रभाव न्यूनीकरणका लागि सचेतना फैलाउन शिविरले आम पत्रकारहरुको ऐक्यवद्धता छ भन्ने सन्देश दिएको बताए। यस्तै प्रतिष्ठानका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ताका छोरा विजय गुप्ताले शिविर आयोजनाले आफ्ना पिताप्रति उच्च सम्मान गरेको भन्दै धन्यवाद दिए । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here