spot_img
Friday, December 5, 2025
Homeबजारमानवअधिकारको संरक्षण तथा प्रवद्र्धनको अवस्था विषयक छलफल तथा बैठक

मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनको अवस्था विषयक छलफल तथा बैठक

spot_img

जिल्ला समन्वय समिति बाँकेले शुक्रबार मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनको अवस्था विषयक छलफल तथा बैठकको आयोजना गरेको छ ।
कार्यक्रममा मानवअधिकार र त्यसको सुनिश्चितताका विषयमा धारणा राखिएको थियो । जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आफ्नो प्रस्तुत राख्दै राष्ट्रिय मानव अधिकार आयोग,नेपालगञ्ज प्रमुख द्धारिका देवी अधिकारले मानव अधिकारको वर्तमान अवस्था र चुनौतीका विषयमा विस्तृत प्रस्तुती दिइन ।
मधेस मानवअधिकार गृह(माहुरी होम)को पहलमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपाध्यक्ष सीता कार्की,सदस्य जगदीश वाल्मीकी ,सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण गर्दै जिल्ला समन्वय समितिका अधिकारी हरिप्रसाद देवकोटाले मन्त्रीपरिषदको निर्णय अनुसार जिल्लामा मानवअधिकार सम्बन्धी समिति गठन गर्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा पछिल्लो जेनजीको आन्दोलन र त्यसबाट उत्पन्न परिस्थिति,मानवअधिकारको सवाल र त्यसलाई संरक्षणका लागि खेल्नु पर्ने भुमिका लगायतका विषयमा माहुरी होमका केन्द्रिय अध्यक्ष रामदयाल ठाकुरले धारणा राखेको मधेश मानवअधिकार गृह(माहुरी) होम बाँकेका जिल्ला अध्यक्ष तथा सामाजिक परिचालक दिनेश ठाकुरले जनाकारी दिए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here