spot_img
Friday, December 5, 2025
Homeबजारनेपालगन्जमा एकदिने निस्शुल्क कान परीक्षण शिविर सम्पन्न

नेपालगन्जमा एकदिने निस्शुल्क कान परीक्षण शिविर सम्पन्न

spot_img


२४५ विद्यार्थीको कान परीक्षण, २१ जना बीएन अस्पतालमा रिफर
बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं २ घरवारी टोलस्थित ने.रा.आ. विद्यालयमा एकदिने निस्शुल्क कान परीक्षण शिविर सम्पन्न भएको छ। नारायण मावि एसएलसी २०४९ ब्याचको आयोजनामा र बीएन अस्पताल, नेपालगन्जको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा विद्यालयका २४५ जना विद्यार्थीहरूको कान परीक्षण गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमा उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. २ का अध्यक्ष मनोज कुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, कार्यक्रममा प्रधानाध्यापक बिरेन्द्र यादव, देवराज न्यौपाने, सुवर्ण शाक्य, अशोक कुमार गुप्ता, राकेश श्रेष्ठ, डा. राजेश यादव, उपेन्द्र कुँवर र सरोज मिश्र अतिथिका रूपमा सहभागी थिए।
शिविरमा परीक्षण गरिएका विद्यार्थीहरूमध्ये १५ जनाको कान सफा गर्नुपर्ने देखिएको छ भने २ जना कम सुन्ने समस्या भएका र ५ जनालाई कानको शल्यक्रिया (अपरेसन) को आवश्यकता देखिएकोले उनीहरूलाई थप उपचारका लागि बी.एन. अस्पताल, नेपालगन्जमा रिफर गरिएको छ।
प्राविधिक पक्ष सम्हाल्न राम बहादुर बोहरा नेतृत्वको ३ सदस्यीय स्वास्थ्यकर्मी टोली खटिएको थियो। आयोजकका अनुसार यस्तो शिविरले विद्यार्थीहरूलाई समयमै स्वास्थ्य परीक्षण र उपचारको अवसर दिनुका साथै समुदायमा स्वास्थ्यप्रति सचेतना फैलाउन सहयोग पुग्ने विश्वास लिएको छ।

Authors

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here