spot_img
Friday, December 5, 2025
Homeशिक्षापरिक्षा प्रणालीलाई सुधार्दै जादै छौ ःपरीक्षा नियन्त्रक पुष्पराज जोशी

परिक्षा प्रणालीलाई सुधार्दै जादै छौ ःपरीक्षा नियन्त्रक पुष्पराज जोशी

spot_img


त्रिभुवन विश्वविद्यालय केन्द्रिय विभाग परीक्षा नियन्त्रक पुष्पराजोशीले त्रिभुवन विश्वविद्यालयको परीक्षालाई पछिल्लो समय सुधारगर्दै आएको बताएका छन । बाँकेको कोहलपुरमा आयोजित एक कार्याक्रमलाई सम्बोधन गर्दे नियन्त्रक जोशीले सो कुरा बताएका हुन ।परीक्षा नियन्त्रक जोशीले भने,’हामीले अहिले शैक्षिक क्यालेण्डरका हिसाबमा त्रिभुवन विश्वविद्यालयद्धारा हुने हरेक शैक्षिक कार्याक्रमलाई लैजाने प्रयास गरी रहेको छौ ।जसमा कपि परिक्षण तथा यससँग सम्बन्धित रहने क्रियाकलापहरुलाई चुस्त पार्ने अभियानमा लागेको छौ ।’ नियन्त्रक जोशीले अगाडी भने,‘आजका दिन सम्म पनि त्रिभुवन विश्वद्यालय प्रति सबैको विश्वास रहेको छ ।हामीले गर्ने परिक्षाका प्रणाली देखि लिएर कपि परिक्षण लगायतका विषयमा निकै संवेदनशिल छौ ,परिक्षणको गुणस्तरीयतालाई कमी हुन दिएका छैनौ ।’परिक्षा नियन्त्रण कार्यालय कोहलपुरको आयोजनमा परीक्षा संचालन तथा उत्तर पुस्तिका परिक्षण सम्बन्धी एक दिने तालिम तथा गोष्ठी कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै जोशीले भने,‘जुन लाञ्छना लागेको थियो त्रिभुवन विश्वविद्यालयले १६÷१७ महिना सम्म रिजल्ट गर्दैन भन्ने ,उत्तरपुस्तिका ल्याउन लैजान आर्थिक हिसाबले पनि समयको ठुलो हानि व्यहोर्न पर्ने अवस्था रहेको थियो ,यस्तो समस्यालाई समाधान गर्नका लागि हामीले दुई वर्षदेखि यही अभियानमा छौ ,धेरै सुधार आएको छ ।’यसलाई अझै के कति तरीकाले छिटो गर्न सकिन्छ भन्ने विषयमा नितिहरु पनि बनेका छन
यसैगरी नेपाल पव्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष शत्रुधन प्रसाद गुप्ताले परिक्षा प्रणालीलाई सबै मिलेर सुधार्न जरुरी रहेको बताउँदै भने,‘विभिन्न परिक्षामा विभिन्न समस्याहरु आएको भन्ने सुनिन्छ ,परीक्षा मर्यादित भएन भन्ने पनि रिपोर्ट आएको छ अतः यसमा हामी सबै सुधार्नु पर्दछ ,’ । संघका अध्यक्ष गुप्ताले भने,‘परिक्षामा कसैले भनेर,कसैको आफ्नो मान्छे भनेर चिट चोराउने ,पास गराउने गर्नु हुदै यसो गर्ने र गराउने दुवैलाई कारबाही गरीनु पर्दछ । हामी सामुदायिक क्याम्पसले पनि आफ्नो जिम्मेवारीलाई निकै गहनता साथ निभाउनु पर्दछ अनि बल्ल आफ्ना अधिकरका विषयमा माग्नु पर्दछ ।’ संघका अध्यक्ष गुप्ताले अव शैक्षिक क्रियाकलापहरु विकेन्द्रित गराउँदै संचालन गरीनु पर्दछ यसमा त्रिभुवन विश्वविद्यालयको पछिल्ला क्रियाकलाप केही मात्रामा भएको देखिन्छ । विश्वद्यिालयले दिने गरेको विश्वविद्यालय संचालन सम्बन्धी सम्बन्धन प्रति टिप्पणी गर्दै संघका अध्यक्ष गुप्ताले भने,‘विश्वविद्यालय खोलिरहेका छौ तर विश्व विद्यलाय बनाई रहेका छैनौ ,यसतर्फ सबैको ध्यान जान जरुरी छ ।’यसैगरी त्रिभुवन विश्वविद्यालय वित्तिय विषय समितिका ऋषिराज गौतमले उत्तरपुस्तिका परिक्षणका क्रममा न्यायिक हिसाबले गर्नु पर्ने बताउँदै भने,‘उत्तर पुस्तिका परिक्षण गर्दा परिक्षक निकै गम्भिर भएर परिक्षण गर्नु पर्दछ,एउटा विद्यार्थीको वर्ष दिनको लगानी त्यही परिक्षकको हातमा हुने गर्दछ अतः हामीले परिक्षण गर्दा नकारात्मक भएर होइन की सकारात्मक ढंगले आफुलाई प्रस्तुत गरेको गर्नु पर्दछ ।’ त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरका सह परीक्षा नियन्त्रक लक्ष्मण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यालयकी मुख्य प्राविधिक सहायक कमला डि.सी.ले गरेकी थिइन । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाँकेका क्याम्पस प्रमुख डा.लालमणी आचार्य,शिक्षा क्याम्पस सुर्खेतका क्याम्पस प्रमुख माधव प्रसाद खनाल लगायतको विभिन्न क्याम्पस प्रमुख तथा प्राध्यापकको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरका प्रशासकिय प्रमुख भद्र थापाले गरेको थिए ।

Authors

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here