कोहलपुर उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा शुक्रवार (भोली) हुँदैछ। संघको २५ औं स्थापना दिवश विशेष कार्यक्रमसँगै संघको १० औं वार्षिक साधारण सभा भव्य समारोहका बीच सम्पन्न गर्न आवश्यक तयारी पुरा भएको बताईएको छ । पौष २० गते साधारण सभा गर्ने निर्णय भएअनुसार संघको १०औ साधारण सभा उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख आथित्यतामाआयोजना गरिएको संघका अध्यक्ष लक्ष्मणराज पौडेलले जानकारी गराएका छन ।
संघका अध्यक्ष पौडेलको अध्यक्षतामा यस अघि बसेको कार्यसमिति बैठकले साधारण सभा तथा स्थापना दिवस विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न विभिन्न तयारी समिति गठन गरिएकाले छोटो समयमा साधारण सभा आयोजना गर्न सहज वाताबरण बनेको बताए। संघको सभाहलमा विहान ११ बजेबाट शुरू हुने साधारण सभामा आर्थिक, प्रशासनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिने छ । व्यवसायीहरुले आफ्ना व्यवसाय सञ्चालन गर्न अत्यन्त कठिन परिस्थितीको सामना गरिरहेको अवस्थामा न्यून भोल्टेज, घर बहाल समस्या, भन्सार तथा अन्डर विलिङ्गको व्यवस्थापनका लगाएतका समस्या समाधानसंगै मिसम्याच जस्ता समस्याहरु समाधानमा केन्द्रित रहेर साधारण सभा गर्न लागिएको संघका अध्यक्ष पौडेललको भनाई छ । व्यवसायीहरुको क्षमता विकास गरी समस्याको पहिचान गर्नुका साथै व्यवसायको प्रवद्र्धन गरी कोहलपुरलाई लुम्बिनी प्रदेशको व्यापारीक नाकाको रुपमा विस्तार गर्न संघले निरन्तर प्रयास गरिरहेको भन्दै संघ अध्यक्ष पौडेलले साधारण सभामा उद्योगी व्यवसायी मात्र नभई सम्पूर्ण सम्बन्धित पक्ष, नागरिक समाज, पत्रकार सञ्चारकर्मी लगाएतका सामाजिक अभियन्ताहरूलाई उपस्थितको लागि यसै समाचारमार्फत निमन्त्रणाका लागि अनुरोध गरेको बताए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस











