spot_img
Sunday, October 20, 2024
Homeब्यानरस्थानीयद्वारा रत्नराजमार्गको छिन्चुखण्ड अवरुद्ध

स्थानीयद्वारा रत्नराजमार्गको छिन्चुखण्ड अवरुद्ध

spot_img

मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले आज बिहानैदेखि रत्नराजमार्गको छिन्चु सडकखण्ड अवरुद्ध गरेका छन् । वडाअध्यक्ष कार्की सवार मोटरसाइकललाई ठक्कर दिने सवारी चालकलाई कारवाहीसहित मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर स्थानीयले छिन्चु बजार र आसपासका राजमार्ग बन्द गराएका हुन् । आज बिहान ६ बजेदेखि सुर्खेत–नेपालगञ्ज सडकखण्ड अन्तर्गत तीन ठाउँमा सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए । उनले स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा पीडित पक्षसँग वार्ता र छलफल गरेर अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको बताए । कर्णाली प्रदेशको मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने सवारी साधनसँगै यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here