spot_img
Saturday, July 27, 2024
Homeब्यानरसौन्दर्यकरणमा थप जिम्मेवार बन्न नगर प्रमुख विष्टको निर्देशन

सौन्दर्यकरणमा थप जिम्मेवार बन्न नगर प्रमुख विष्टको निर्देशन

spot_img

सुन्दर शहर निर्माण गर्नका लागि नेपालगंज उपमहानगरपालिका सुर्खेत रोडको हरित क्षेत्रमा लगाइएका फुलका विरुवाको वेमौसमी काँटछाँट गरेको भन्दै सर्वत्र विरोध भएपछि नेपालगंज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टले नगरको सौन्दर्यप्रति सबैलाई जिम्मेवार बन्न निर्देशन दिएका छन । नेपालगंज भित्र हरित क्षेत्रमा लगाईएका फुल विरुवालाई कुन निर्णयको आधारमा काँटछाँट गरेको भन्दै नगर प्रमुख विष्टले बुधबार यस विषयमा बैठक बोलाई सम्वद्ध शाखा प्रमुख र कर्मचारीहरुलाई यस प्रकारको निर्देशन दिएका हुन ।
सुर्खेतरोडको ग्रिनरी क्षेत्रमा लगाइएका फूलका विरुवा काँटछाँट गर्ने क्रममा केही फूल समेत काटिएको विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको थियो । नगर प्रमुख विष्टले बुधबार वातावरण शाखा, सरसफाई शाखाका प्रमुख तथा सम्वद्ध कर्मचारी (माली) हरुलाई बोलाएर यस विषयमा जानकारी लिँदै नगरको सौन्दर्यकरणमा इमान्दारीपूर्वक लाग्न निर्देशन दिए ।
उनले फूलहरु फुलेको समयमा काँटछाँट गर्ने कार्यले नगरबासीमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै आगामी दिनमा यसखालका नियमित काम गर्दा आफैं सोच विचार गर्न आग्रह गरे । फूलहरु फुलेको समयमा भन्दा पनि नफुलेको समयमा काँटछाँट गर्न उनले आग्रह गरे ।सम्वद्ध शाखा प्रमुख तथा मालीहरुले भने विरुवाहरुको काँटछाँट नियमित प्रक्रिया भएको भन्दै फूल काट्ने भन्दा पनि त्यसको थप सौन्दर्यकरणका लागि आफूहरुले काम गरेको बताए । आगामी दिनमा फूललाई क्षति हुन नदिन थप सचेत हुने बताए । फूलको संरक्षण र थप सौन्दर्यका लागि फलामे डण्डाभित्र राख्न काँटछाँट अनिवार्य गर्नुपर्ने उनीहरुको भनाई छ ।
यसैबीच ग्रीन एण्ड क्लिन नेपालगञ्ज अभियानले बुधबार नगर प्रमुख प्रशान्त विष्ट समक्ष नेपालगञ्जको सौन्दर्यकरण तथा सरसफाईका लागि ३ बुँदे सुझाव दिएको छ । अभियानका संयोजक डा. विनोद कर्णको अगुवाईमा रहेको टोलीले सौन्दर्यकरण, सरसफाई र ब्यवस्थित शहरका लागि गर्नुपर्ने काम समेटेर ३ बुँदे सुझाव पेश गरेको छ ।सो अवसरमा नगर प्रमुख विष्टले नगरको सरसफाई र सौन्दर्यकरणका लागि आफू गम्भीर रहेको भन्दै ग्रीन एण्ड क्लिन नेपालगञ्ज अभियानसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here