मध्ये र सुदुरका बाह्र जिल्लालाई प्राप्त
बाँके(नेपालगंज)
नेपालमा अक्सिजन कै अभावका कारणले सयौले ज्यान गुमाएको अवस्थामा मध्ये र सुदुरका बाह्र जिल्लामा अक्सिजन कंसंट्रेटर वितरण गरीएको छ । नेपाल सरकार जनस्वास्थ्य मंत्रालयको उपस्थिति र कमिनिटी पाटर्नर युएसए (सिपिआई),एमआईटि फाउन्डेसन तथा भृकुटी देवी ट्रस्ट नेपालको सहयोगमा सवा तिन करोड बराबारको अक्सिजन कंसंट्रेटर वितरण गरीएको हो ।
कोरोना माहामारीको अवस्थामा बाँके लगायत नेपालका विभिन्न जिल्लामा अक्सिजन अभावका कारण सयौले ज्यान गुमाए । जसले गर्दा अक्सिजन उत्पादन गर्ने मेसिनहरुको अति नै महत्व देखिएको छ । अक्सिजनको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने हेतुले जिल्लाहरुमा अक्सिजन कंसंट्रेटर बैक स्थापन गर्ने नयाँ अवधारण आएको छ ।सोही अवधारण अन्तर्गत नेपाल सरकार जनस्वास्थ्य मंत्रालयको उपस्थितिमा कमिनिटी पाटर्नर युएसए(सिपिआई),एमआईटि फाउन्डेसन तथा भृकुटी देवी ट्रस्ट नेपालको सहयोगमा बाँके लगायत मध्ये र सुदुरका विभिन्न बाह्र जिल्लामा सवा तिन करोड बराबारको अक्सिजन कंसंट्रेटर वितरण गरीएको कमिनिटि पार्टनर युएसए(सिपीआई)का प्रतिनिधि अनुप तिवारीले बताउनु भयो ।अक्सिजन कंसंटे«टर प्राप्त गरे पछि अवका दिनमा अक्सिजनको अभाव जिल्लामा नहुने र अक्सिजन नपाएर मृत्यु नहुने सुर्खेत जिल्ला स्वास्थ्य प्रतिनिधि सुरेन्द्र बहादुर खड्काले बताउनु भयो ।जिल्लामा अक्सिजनको अभावले हाहाकार नै मच्चिएको अवस्थामा यसरी अक्सिजन उत्पादन गर्ने मेसिन जिल्लालाई प्राप्त भएकोमा कोरोना लगायतका अन्य विरामीहरुको अकालमा मृत्यु नहुने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंह शाह बताउनु हुन्छ ।यसैगरी अक्सिजन कंसंट्रेटर जहाँ पनि लैजान सहज भएको हुदाँ यो अति नै उपयोग हुने भएको हुदाँ जिल्लाका दुर्गम स्थानहरुमा लगेर विरामीको उपचार गर्न सकिने बर्दिया जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थय अधिकृत गोकर्ण गिरी बताउनु हुन्छ ।
पछिल्लो समय अक्सिजनको आवश्यकता चारै तिर भएको र अक्सिजन भर्न पनि धेरै समय लाग्ने हुदाँ अक्सिजन कंसंट्रेटर निकै लाभदायी हुने खरिद तथा आपुर्ति शाखा (मेडिकल स्टोर) कर्णाली प्रदेश सुर्खेतका प्रमुख धर्मेन्द्र न्यौपानेको धारण रहेको छ । अक्सिजन कंसंट्रेटर बाँके लगायत बर्दिया,सुर्खेत,दाङ,प्युठान,रोल्पा,अछाम,दैलेख, जाजरकोट ,बाजुरा,बैतडी र दार्जुला जिल्लामा वितरण गरीएको छ ।
00