spot_img
Saturday, July 27, 2024
Homeब्यानरसमयमा नाला निर्माण नहुदाँ बस्ती नै जोखिममा

समयमा नाला निर्माण नहुदाँ बस्ती नै जोखिममा

spot_img

सोमबार तीन वर्षको बच्चा नालामा खस्यो नजिकै भएको एक जनाले देखेर बच्चालाई नालाबाट बाहिर ल्याए, बच्चाको ज्यान बच्यो यो कुनै कथा होइन ,नेपालगंज उपमहानगरपालिका वडा नं.११ मा रहेको नाका टोलको हो ।अधिकांश मुस्लिम बस्ती भएको टोलमा करीब ४० पचाँसघर रहेका छन भने नालाकै कारणाले अति जोखिममा करीव दश घर रहेका छन । नाला निर्माणका लागि नाकाटोल बस्तीमा नालाबाट माटो निकालिएको छ तर काम माटो निकाल्ने भन्दा अरु केही नदेखिएको स्थालगत रिर्पोटमा देखिन्छ ।नाला निर्माणमा ढिलाई हुदाँ पुरै बस्ती नै जोखिमको रहेको विषयमा स्थानिय तैयाब अली राई भन्छन,“कति दिन भैसक्यो माटो निकालेर त्यसै छोडेर गएको केही प्रगति नै भएको छैन ।”यसैगरी अर्का एक स्थानिय मो.हबिव कबाडियाले बस्ती नै जोखिममा रहेको बताए । उनले भने,“हिजो ३ बर्षको सानो बच्चा नालामा खस्यो,घरको आँगनमा नाला छ छिटो बनाई दिए जोखिम कम हुने थियो ।”नाका टोल निकासी हुसना राई नेपालगंज उपमहानगरपालिकाबाट नालाबाट बाहिर ल्याएको माटो सफा गर्न कोही नआउदा निकै दुखी देखिन्छिन । राई भन्छिन,“नगरपालिकाबाट कोही मान्छे आएका छ्रैन्न,नौ वटा घर निकै जोखिममा छ,” । वर्षायाम सुरु भए पछि नाला बनाउन लाग्नु र नालाको पानी खाली भएपछि नाला निर्माण गर्ने आवश्वासनले नाका टोला बासीहरु झन तर्सित बनेका छन । बस्तीलाई भोट बैकको रुपमा प्रयोग गर्दै आएका पनि स्थानियतहमा नवनिर्वाचित जनप्रतिनिधि आईसकेको अवस्थामा यस्ता वडा स्तरीय समस्याहरुलाई तत्काल सम्बोधन गरेर स्थानियहरुको समस्या समाधानको बाटो खोज्नु पर्ने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here