spot_img
Sunday, November 26, 2023
Homeब्यानरविकास निर्माणका लागि आएको बजेट फ्रिज गर्नु हुदैनः मन्त्री गहतराज

विकास निर्माणका लागि आएको बजेट फ्रिज गर्नु हुदैनः मन्त्री गहतराज

spot_img

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन। बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री अथकले यस्तो निर्देशन दिएका हुन । बिकास निर्माणको अवस्था र आईपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्धेश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले बिकस निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले ठेक्का पाई सकेपछी काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले बिकासको गति पछि धकेलिएको स्मरण गराए ।
करिब एक दर्जन बढि कार्यालय प्रमुखहरुको उपस्थिति रहेको बैठकमा मन्त्री अथकले कुनैपनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाएका छन। कार्यालय प्रमुखहरुका बिच सम्बोधन गर्दैमन्त्री अथकले काममा लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरुलाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दवाब सृजना गर्नलगाउनुपर्ने बताए।
त्यसक्रममा सिक्टा सिचाई आयोजना, हुलाकी सडक, बाँकेमा पुर्ण बिद्युतिकरण लगायतजिल्लाका विभिन्न स्थानमा निर्माण हुनलागेका सडक तथा पुल र बिकास निर्माणकोकार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखरुसँग जानकारी लिनेकाम भएको थियो ।बैठकमा उपस्थित सम्पुर्ण कार्यालय प्रमुखहरुले समयमै काम सम्पन्न गर्ने प्रतिवद्दता जनाएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here