spot_img
Saturday, July 27, 2024
Homeब्यानरलोपोन्मुख समुदायलाई खाद्यान्न सहयोग

लोपोन्मुख समुदायलाई खाद्यान्न सहयोग

spot_img


रुपेन्देही जिल्ला कञ्चन गाँउपालीका–२ मटेरिया विजयनगरका विपन्न तथा लोपोन्मुख मुसहर समुदायलाई खाद्यान्न सहयोग गरीएको छ । रुपन्देही मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश ,नेपाल आयरल्याण्ड समाजको आर्थिक सहयोग र नेपाल विकास केन्द्रको समन्वयमा कोरोना महामारीमा परेका सो समुदायलाई शनिबार खाद्यान्न सहयोग गरेको हो ।यसैगरी कार्यक्रममा सिदार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको सहयोगमा १० जना गर्भवती÷सुत्केरी÷किशोरीलाई मर्यादाकिट हस्तान्तरण गरेको थियो भने ८५ हजार रुपैया बराबरको खद्या सामाग्री तथा ५५ हजार मुल्य बराबरको मर्यादा किट गरी जम्मा एक लाख तीस हजार मुल्य बराबरको सहयोग मुसहर लगायत अन्य गरी १२० परिवारलाई बासस्थान निर्माण गरी हस्तान्तरण गरीएको आयोजकले जानकारी दिएको छ ।। कार्यक्रममा मेचीमहाकाली संयुक्त आवाज प्रदेश संयोजक लता खड्का,कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री,सैनामैना नगरपालिका उपप्रमुख विना राना,कञ्चन गाउँपालिका उपाध्यक्ष गोमा तरामु,गाउँपालिका वडा न २ का अध्यक्ष शेर बहादुर थारु,सदस्य रेनु कुवँर,नेपाल विकास केन्द्रका अध्यक्ष माधव सापकोटा,सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका पोम नारायण पौडेल, आयोजक संस्था नवलपरासी शाखा संयोजक लक्ष्मी भुसाल, कपिलवस्तु शाखा संयोजक चन्दा अर्याल लगायतले बोलेका थिए । कार्यक्रम लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षता , रूपन्देही जिल्ला शाखा ईन्दु भुसालको स्वागत मन्तव्य तथा रूपन्देही शाखा सचिव इन्द्र कुमारी विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here