Post Views: 156
बाँके नेपालगंज उपमहानगरपालिका–१८ लग्धहवा बस्ने वर्ष ३२ को सुवास यादवलाई लागु औषध मुद्धामा असार १६ गते विहिबार बाँके प्रहरीले पक्राउ गरेको छ ।२०७८फागुन ५ गते बाँके जिल्ला अदालतको फैसलाले यादवलाई लागु औषध मुद्धामा ७ वर्ष ६ महिना कैद र रु १५ हजार जरिवाना तोकेको थियो । फरार रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको छ ।