spot_img
Monday, December 2, 2024
Homeब्यानरराप्रपाबाट विजय दिनेश राज पन्त सहितको टिम नेपाली कांग्रेस प्रवेश

राप्रपाबाट विजय दिनेश राज पन्त सहितको टिम नेपाली कांग्रेस प्रवेश

spot_img

राष्ट्रिय प्राजातन्त्र पार्टी(राप्रपा)का जनप्र्रतिनिधि लगायतको टिम नेपाली कांगे्रसमा प्रवेश गरेको छ । बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. १२ मा राष्ट्रिय प्रजातन्त्र पार्टिबाट वडा सदस्यमा विजय हुनु भएका दिनेश राज पन्त सहितको टिम शुक्रबार एक कार्यक्रम विच नेपाली कांगे्रसमा प्रवेश गरेका छन । बाँके नेपाली कांगे्रस जिल्ला सभापति किरण कोइराला ,नगर सभापति प्रशान्त विष्ट तथा नेपाली कांग्रेसबाट वडा नं.१२ विजय वडा अध्यक्ष बुद्धि सागर सुवेदीले वडा सदस्य पन्त लगायतको समुहलाई अविर र खादा ओढाई पार्टी प्रवेश गराउनु भएको हो । विगत लामो समय देखि राप्रपा पार्टीको विभिन्न भुमिका रहि जिम्मेवारी निभाउँदै आउनु भएको नव प्रवेशी पन्त कांगे्रस पार्टी नेपालीहरुको पार्टी भएको हुदाँ आफुहरु यसमा प्रवेश गरेको बताउनु भएको छ । नव प्रवेशी वडा सदस्य पन्तले अवका दिनमा नेपाली कांग्रेस पार्टिले खटाएको जुनसुकै भुमिकामा रहेर खरो उत्रिने बताउनु भएको छ ।

वडा नं.१२ का बुध सभापति रामु चिडिमारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला सभापति किरण कोइराला ,विशिष्ट अतिथिमा नेपालगंज उपमहानगरपालिका नेपाली कांगे्रस नगर सभापति प्रशान्त विष्ट,रेडक्रस केन्द्रिय उपाध्यक्ष अजित कुमार शर्मा ,सदस्य दिनेश राज पन्त लगायतले बोल्नु भएको थियो । नव प्रवेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नं.१२ का दिनेश राज पन्त सहित रामप्यारी चिडिमार ,अनिता चिडिमार,निखिल चिडीमार,राजरानी चिडिमार,नितु चिडिमार,हिरयानी चिडिमार,फुलमती चिडिमार,मनिस चिडिमार,पुजा चिडिमार,मैसरा भुजुवा,तुलसीराम भुजुवा रहनु भएको छ यसैगरी एमाले बाट नेपाली कांग्रेस प्रवेश हुनेमा नरविदा चिडिमार,पुजा चिडिमार,सावित्री चिडिमार,लक्ष्मी शाही,गुडीया चिडिमार,सोनी चिडिमार,श्यापती चिडिमार,सिता चिडीमार,वेला चिडिमार,मुन्ही चिडिमार,सारझा पठान,कमलि चिडिमार उर्मीला चिडिमार रहेनु भएको नेपाली कांग्रेस बाँकेले जानकारी दिएको छ ।यसैगरी अन्यमा सनत रेग्मी,प्रशुदिन चिडिमार,गयादिन चिडिमार,शिखा बास्कोटा,आदित्य पन्त,गवर शेष,दिपक पराजुली,सहदिर खा,पप्पु चिडिमार लगायत ५० बढिले पार्टी प्रवेश गरेको नेपाली कांगे्रस नगरसभापति प्रशान्त विष्टले जानकारी दिनु भयो ।नेपाली कांगे्रस वडा नं. १२ का बुध वडा सचिवले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कायकर्ताहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.