spot_img
Thursday, December 5, 2024
Homeब्यानरयुवा विद्यार्थीलाई सूचनाको हक सम्वन्धी अभिमुखीकरण

युवा विद्यार्थीलाई सूचनाको हक सम्वन्धी अभिमुखीकरण

spot_img

आज २८ सेप्टेम्बर सूचनामा विश्वव्यापी पहुँच अन्र्तराष्टिय दिवस नेपालगन्जमा पनि मनाइएको छ । सूचनामा सबैको पहुँच तथा थाहा पाउने अधिकार अन्र्तगत दिवसको सम्झनामा सूचनाको हकलाई कार्यन्वयनमा जोड दिइएको हो ।
दिवसको अवसरमा नेपालगन्जको निम्बल क्लेजका युवा विद्यार्थीहरुलाई सूचनाको हक सम्वन्धी एक दिने अभिमुखीकरण गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सूचनाको हकका बारेमा सबैले थाहा पाउने भनेर अभिमुखीकरण गरेको हो ।
अभिमुखीकरणमा करिब ४७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सूचना अभियन्ता अधिबक्ता विश्वजित तिवारीले सूचनाको हक, यस सम्वन्धीको कानूनी व्यवस्था, र कार्यन्वयनको अवस्था लगायतका बारेमा जानकारी गराउनु भएको थियो । अभिमुखीकरणमा निम्बल कलेजका संचालक सुनिलकुमार गुप्ता, प्रिन्सीपल शतिस थापा, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, कार्यक्रम संयोजक टेकनाथ आचार्य, सूचना अभियन्ता शैलेन्द्रकुमार बैश्य लगायतले बोल्नुभएको थियो ।
संस्थाले सूचनाको हक सम्वन्धी ऐन २०६४ लाई कार्यन्वयन गर्न सरोकारवालासंग पहल गर्दै आएको छ । बाँके जिल्लामा अझै पनि ऐन पूर्ण रुपमा कार्यन्वयन भएको पाइन्दैन । सूचनाको हक सम्वन्धी प्रचार प्रसार तथा दबाब अभियान संचालन भएपछि सार्वजनिक निकायहरुले सूचना अधिकारी तोक्ने, सूचनाको हकका बारेमा निवेदन दर्ता गर्ने र सूचना उपलब्ध गराउन थालेको सूचनाको हक जिल्ला अनुगमन समितिले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.