युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले दाङमा रहेका खेल पुर्वाधारको आईतबार निरिक्षण गरेका छन। दुई दिने जिल्ला भ्रमणका लागि दाङ पुगेका मन्त्री अथकले बेलझुण्डि र रामपुरमा रहेका खेल पुर्वाधारहरूको निरिक्षण गरेका हुन ।
राष्ट्रिय खेलकुद परिषदको प्रतिनिधि सहित बेलझुण्डि रंगशालाको निरिक्षणमा पुग्नुभएका मन्त्री अथकले निर्माणाधिन अवस्थामा रहेका तथा निर्माण सम्पन्न भईसकेका खेल संरचनाको संरक्षण गर्नुपर्ने बताए । राज्यको करोडौं लगानिमा तयार भएका खेल संरचना संरक्षण अभावमा जिर्ण हुने अवस्थामा पुग्नु दुखद भएको बताउँदै मन्त्री अथकले सम्बन्धि स्थानियले नै संरक्षणकालागि अपनत्व लिनुपर्नेमा जोड दिएका छन ।

निर्धारित समयमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्न आवश्यक तयारी सुरू भईसकेको बताउँदै मन्त्री अथकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पुर्वाधारको मर्मत सम्भार तथा थप नया पुर्वाधार निर्माणकालागि आवश्यक बजेट बिनियोजन गरिने बताए ।
अनुगमनका क्रममा मन्त्री अथकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि निर्माण गरिएका खेल संरचनाका साथै दाङ जिल्ला क्रिकेट संघको कार्यालय, घोराहि कभर्ड हल, राष्ट्रिय खेलकुद परिषदको कार्यालय तथा कार्यालयसँगै रहेको रंगशालाको सिन्थेटिक ट्रयाकको समेत अनुगमन गरेका थिए।