spot_img
Saturday, July 27, 2024
Homeब्यानरमेयर पदका दावेदार ललितले ल्याए योजना सहितको प्रतिवद्धता

मेयर पदका दावेदार ललितले ल्याए योजना सहितको प्रतिवद्धता

spot_img

बाँके जिल्ला नेपालगंज उपमहानगरपालिको नेपाली कांग्रेसका तर्फबाट मेयरको दावी गर्दै आएका नेपाली कांंग्रेसका नेता ललित कुमार रौनियारले आगामी ५ वर्षमा नेपालगंज उपमहानगरपालिका कस्तो हुनु पर्दछ भन्ने बुदागत आफ्ना योजनाहरु प्रकाश पारेका छन । उनले समाजीक संजालमा प्रस्तुत गरेको विषय वस्तुका बारेमा मधुर खबरलाई समेत जानकारी गराएका थिए ।मेयरमा दावी उम्मेदवार रौनियारले ई रिक्शाको व्यावस्थापन,पैदल यात्रुहरुको लागि निर्माण गरिएका फुटपाथलाई पुर्णरुपले अतिक्रमण मुक्त गरिने ,जमुनहा कोहलपुर सडक खण्डको बिबादलाई सँधैको लागि समाप्त गरि बिकल्पको रुपमा नँया फास्ट ट्रैय्काको निर्माणको थाल्नी गरिने,उप महानगर भित्र रहेका अति बिपन्न बस्तीहरुको लागि आयमुलक कार्यक्रमहरु सँचालन गर्ने,नेपालगँजमा धार्मिक पर्यटन अभिबृद्धि गर्नका लागि बागेश्वरी क्षेत्रमा रहेको तलाउ तथा जुँगे महादेव मन्दिरलाई जिर्णोदार गरि नगर बिकास समितिले छोडेको खुल्ला क्षेत्रलाई समाबेश गरि भब्य र दिब्य पार्क को निर्माण गरिनुका साथै मन्दिर परिसरको आधुनिकि करण गरिने,नगर भित्र रहेका अतिक्रमित जग्गाहरुलाई अतिक्रमण मुक्त गराई पार्किँग ब्यावस्थापन गरिने, नगर भित्र रहेका फलफुल,तरकारी,चाट तथा अन्य घुमन्ते ठेला ब्यावसायीहरुलाई नगर भित्र ठाउँ ठाउँमा स्थायी हाट बजारको अवधारणा ल्याई ब्यवस्थित गरिने,आर्थिक गतिबिधि तथा आन्तरिक खपत बढाउन नेपाल गँजलाई शैक्षिक हबको रुपमा बिकास गर्न ,भेरी अँचल अस्पताललाई शिक्षण अस्पताल र भेरी टेक्निकल स्कुललाई ईन्जिनियरिँग कलेजको रुपमा बिकास गरिनुका साथै सरकारी बिध्यालयहरुको गुणस्तर सुधार गर्न आवश्यक कदम चालिने, आन्तरिक पर्यटनलाई बढावा दिन तथा प्रमुख भारतिय शहरहरुलाई हवाई मार्ग बाट जोडनका लागि नेपालगँज बिमान स्थललाई क्षेत्रिय अन्ताराष्ट्रिय बिमानको रुपमा बिकास गरिने,नगर भित्र रहेको ग्रामिण जनताको आयस्तर बृद्धि गर्न फलफुल,तरकारी,पोल्ट्री तथा डेयरी उत्पादनलाई बढावा दिनुका साथै ठाउँ ठाउँ मा कृषि उपज बिक्री केन्द्रहरुको स्थापना गरिने, देशमा बृद्धि भई रहेको बिघुत उत्पादनलाई आन्तरिक रुपमा खपत बढाउन बिघुतिय उपकरणको प्रयोग लाई बढावा दिने खालको निति तथा कार्यक्रम ल्याउने,छाडा पशु चौपाया तथा गउबँश सँरक्षणको लागि बिशेष पहल गरिने,अन्तराष्ट्रिय स्तरको स्पोर्टस कलेजको स्थापना गरिने जस्ता विषयहरु आफुले नेपालगंज उपमहानगरपालिकाको मेयरमा विजय भए पनि गर्ने प्रतिवद्धता गरेको हुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here