spot_img
Saturday, July 27, 2024
Homeब्यानरमहिला उद्यमी बस्नेतको सम्झनामा शोक, एक दिन प्रेस बन्द

महिला उद्यमी बस्नेतको सम्झनामा शोक, एक दिन प्रेस बन्द

spot_img

नेपालगन्ज/ गत शुक्रबार पुस २७ गते वालुवाङ बस दुर्घटनामा मृत्यु भएकी नेपालगन्जकी महिला उद्यमी कुशुम बस्नेतको सम्झनामा शोक सभा गरिएको छ । नेपाल मुद्रण उद्योग संघ बाँकेले उक्त शोक सभा गरेको हो ।

बस्नेतले संचालन गरेको अम्बेश्वरी छापाखाना, गणेशपुर परिसरमा उक्त शोक सभाको आयोजना गरिएको थियो । उक्त शोक सभामा स्वर्गीय बस्नेतले सिङ्गो महिला उद्यमीको हकहितमा बोलेको इतिहासका साथै उनले मुद्रण क्षेत्रमा दिएको योगदानका विषयमा चर्चापरिचर्चा गरिएको थियो ।

यस अवसरमा नेपाल मुद्रण उद्योग संघ लुम्बिनी प्रदेश उपाध्यक्ष पूर्णलाल चुकेले बस्नेतको निधनले सिङ्गो प्रेस व्यवसायीलाई स्तब्ध बनाएको बताए । उपाध्यक्ष चुकेले महिला उद्यमी बस्नेतले २०४८÷०४९ सालमा प्रेस व्यवसाय अम्बेश्वरी छापाखाना संचालन गरेको बताए । त्यतिबेला बस्नेतले रिको लिथो ग्राफिक मेसिन नेपालमा भिœयाएर पहिलो पटक अफसेट प्रविधिको प्रेस नेपालमा भित्र्याएको सुनाए । ‘उहाँ एकदमै संघर्षशील, जुझारु र हक्की महिला उद्यमी हुनुहुन्थ्यो’, चुकेले भावविह्वल हुँदै थपे,‘म घरेलु महासंघको अध्यक्ष (२०५१–२०५२) हुँदा उहाँको अन्तर्वार्ता छाप्ने अवसर मिलेको थियो । उहाँको अन्तर्वार्ता घरेलु महासंघबाट निस्कने त्रैमासिक पत्रिकाको पहिलो अन्तर्वार्ता थियो । त्यसपछि उहाँको काम र मेहनतलाई धेरैले चिन्ने अवसर पाएका थिए । त्यतिबेला हामीले सफल महिला उद्यमीले गरेको व्यवसाय हो भनेर उहाँको प्रेस अवलोकन गराउन लैजान्थ्यौ । र विभिन्न कार्यक्रममा उहाँका अनुभव सुनाउन लगाउथ्यौं,’ चुकेका अनुसार बस्नेतले गरेको संघर्ष विभिन्न अवसरमा सुनाउँदा धेरै महिलाहरु उहाँबाट प्रेरित भएर महिला उद्यमी बनेको अनुभव सुनाए ।

बस्नेतको श्रीमान्बाट सम्बन्ध बिच्छेद भए पनि आफ्नो छोरालाई उच्च शिक्षा दिएको, धेरै प्रेस कर्मचारी उत्पादन गरेको र आफ्नो काम र व्यवसायलाई लगनशील भएर अघि बढाएको कुरालाई सम्पूर्ण मुद्रण व्यवसायीले पछ्याउनु पर्ने उपाध्यक्ष चुकेले बताए ।
शोक सभालाई सम्बोधन गर्दै नेपाल मुद्रण उद्योग संघ केन्द्रीय सहसचिव मिना सुवेदी ढकालले स्वर्गीय बस्नेतको संघर्षपूर्ण जीवन र उनले यस व्यवसायलाई उकास्नका लागि खेलेको भूमिकाको बारेमा चर्चा गरिन् । ढकालले भावविह्वल हुँदै मानवजीवन मानवको हातमा नरहेको र आज र भोलि हामी सबैको पालो हो भन्दै स्वर्गीय बस्नेतसँग एक हप्ता अघि कुरा भएको क्षण सुनाइन् । उनले हप्ता दिन अघि पनि बस्नेतले प्रेस व्यवसाय कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा चर्चापरिचर्चा भएको सुनाइन् । ढकालका अनुसार नेपाल मुद्रण उद्योग संघ बाँकेको पूर्व अध्यक्ष, र नेपाल मुद्रण उद्योग संघ बाँकेको संस्थापक सदस्य बस्नेत प्रेस व्यवसायमा भइरहेको व्यतिथिबारे चिन्तित थिइन् । उनले कसरी यस व्यवसायलाई मर्यादित बनाउन सकिन्छ र कसरी सबै प्रेस व्यवसायी एकजुट हुन सक्छन् भन्ने विषयमा छलफल भएको सुनाइन् । केन्द्रीय सदस्य सुवेदीले भावविह्वल हुँदै गत हप्ता कुरा हुँदा काठमाडौंस्थित छोराको घरमा आफूलाई लैजाने वाचा गरेको दिदी मलाई छोडेर गइन् भन्दै भक्कानिइन् ।

यसैबीच नेपाल मुद्रण उद्योग संघ बाँकेका अध्यक्ष विनोद पौडेलले स्वर्गीय बस्नेतले यस मुद्रण संघलाई दिएको योगदानलाई मनन गर्दै सम्पूर्ण प्रेस व्यवसायी अघि बढ्नु पर्नेमा जोड दिए । अध्यक्ष पौडेलले प्रेस संचालन गर्नु मात्र ठूलो कुरा नभई हामीले गर्ने क्रियाकलाप पनि ठूलो हुनु पर्ने बताए । जसरी स्वर्गीय बस्नेतले एक प्रेससँग जोडिएका प्रत्येक कर्मचारीलाई प्रेसको हिस्सा सम्झिन्थिन त्यसरी नै सम्पूर्ण व्यवसायीले प्रेसमा जोडिएका सबैलाई समान र सरल ढङ्गले सेवा सुविधा दिन चुक्नु नहुने उनले बताए । यदि त्यसो गर्न सकियो भने मात्र हामीले गरेको व्यवसाय र हामीसँग जोडिने सम्पूर्ण प्रेस व्यवसायी सुरक्षित हुने अध्यक्ष पौडेलले बताए ।

शोक सभामा दुई दर्जन प्रेस व्यवसायी सहभागी थिए । सहभागी व्यवसायीले नेपालगन्जको पुरानो एवम् अफसेट प्रेस नेपालमा भित्र्याउने महिला उद्यमी कुशु्म बस्नेतको सम्झनामा मंगलबार नेपालगन्ज र कोहलपुरका सम्पूर्ण प्रेस बन्द गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्वर्गीय बस्नेत मुद्रण क्षेत्रमा महिलाको प्रतिनिधित्व गर्दै अफसेट प्रविधिमा पहिलो इतिहास सहित बाँकेको चिनारी नेपाल मुद्रण उद्योग संघ बाँकेको संस्थापक सदस्य, नेपाल मुद्रण उद्योग महासंघको पूर्व केन्द्रीय सदस्य, विन बाँकेको जिल्ला अध्यक्ष, नेपाल प्रेस युनियनको सदस्य तथा नेपाल मुद्रण उद्योग संघ बाँकेको निवर्तमान अध्यक्ष हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here