स्थानिय पर्यटन विकास तथा प्रवद्धनलाई प्राथमिकतामा राख्दै राप्ती सोनारी गाउँपालिकाले थारु सांस्कृतिक ग्राम पुर्वाधार निर्माण अन्तर्गत पार्क निर्माण कार्य सुरु गरेको छ ।
नेपाल सकारको विशेष अनुदानमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले आइतबार एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन ।
गाउँपालिका वडा नम्बर ३ बैसामा थारु सांस्कृतिक ग्रामलाई आवश्यक पर्ने पार्कको शिलान्यास गर्दै पालिका अध्यक्ष पौडेलले धार्मिक,कृषि र पुर्वाधार पर्यटनमा जोड दिने बताउँदै भने,‘पालिकाको आर्थिक स्थिति उकास्नलाई भए पनि पर्यटनमा लगानी गर्नु पर्ने छ,यहाँ पर्यटकीय प्रचुर सम्भावना हुँदाहुँदै पनि सृजित फोहोर तथा भएका संरचनाहरुको संरक्षण र सौन्दर्यीकरण गर्न नसक्दा पर्यटक पुग्न सकेको छैनन,पर्यटन पुर्वाधार छन तर फोहर व्यवस्थापन नहुदाँ आकर्षक छैन ।’ अध्यक्ष पौडेलेले अगाडी भने,‘हामीले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा ित फोहोरलाई गिज्याई रहेका छन,वातावरणीय सौन्दर्यता खस्किदै गएको छ ,राप्ती सोनारीमा पर्यटकीय गतिविधि सम्भव छ,सबै हातेमालो गरी अगाडि बढौ ।’यसैगरी वडा नम्बर ३ का वडा अध्यक्ष मिनकुमार चौधरीले थारु सास्कृतिक ग्रामका लागि बन्न लागेको पार्कले गाउँपालिकालाई पर्यटनमैत्री वातावरण बनाउन सहयोग पुग्ने बताउँदै भने,‘पर्यटकको सँख्या बढ्दै जाँदा रोजगारीका अवसर सिर्जना हुने छ,’ । पार्कमा कोसेली घर,दुईवटा झुला,प्रेम सन्देश,ग्रीन बेल्ट,व्यायम र्पाक ,गेट निर्माण र बृक्षारोपण गरीने र विनियोजित रकमबाट भुवरभवानी मन्दिरमा मञ्च र चेञ्जिङ रुम निर्माण गरिने गाउँपालिकाले जनाएको छ । कुल रकम एक करोड २५ लाख रुपैयामा आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी ९० लाख १८ हजार नौ सय ४२ रुपैयाँ २३ पैसा ओसियन कन्टङक्सन कोहलपुरले पार्कको निर्माण कार्य सुरु गरेको हो ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस