बाँके–नेपालगंज उपमहानगरपालिका वडा नं.४ मा सातदिने कुसन बनाउने तालिमि आइतबार समापन भएको छ । वडा नं.४ को आर्थिक सहयोग र बाँके महिला आर्थिक स्वलम्बन संस्थाको आयोजनमा सो तािलम संचालन गरीएको कार्यक्रम संयोजक इन्द्र कार्कीले बताईन । वडा नं.४ वडासदस्य इन्द्र शाहीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रंजना ढकालले गरेको संस्थाले जनाकारी दिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै वडा सदस्य शाहीले सिप सिकेर महिलाहरु घर भित्र सिमित हुन नहुने भन्दै केही गरौ भन्ने महिलाहरुलाई वडाले सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन । वडा सदस्य शाहीले भनिन,“सिप सिक्नु ठुलो कुरा होइन तर त्यसलाई व्यवहारमा ल्याउनु पर्दछ ,यहाँहरुले गर्छु भन्ने आट गर्नु सहयोग गर्ने काम वडाको भयो,” ।
१५ जना स्थानिय महिलाहरुको उपस्थितिमा संचालन गरीएको तालिममा प्रशिक्षणको काम लक्ष्मी थापाले गरेको संस्थाले जनाएको छ ।