spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँके कोहलपुरको मिसन टुडे छापाखाना लगायत विभिन्न स्थानमा आगलागी

बाँके कोहलपुरको मिसन टुडे छापाखाना लगायत विभिन्न स्थानमा आगलागी

spot_img

बाँके जिल्लाको कोहलपुर नगरपालिका–११ हरियाली मार्गस्थित मिसन टुडे छापाखानाको कार्यालयमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
यसैगरी बागलुङ जिल्ला बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित न्यू धौलागिरी जुत्ता चप्पल उद्योग र सोही नगरपालिका–१ रामरेखा बस्ने राजकुमार शर्माको स्नेहा मोटर पार्ट्स् पसलमा गएराति आगलागी हुँदा जुत्ताचप्पल उद्योग र मोटर पार्टस् पसल पूर्णरुपमा जलेर करिब ६५ लाख रुपैयाँ बराबर धनमाल जलेर नष्ट भएको छ । घरभित्र फसेका ४ जनालाई नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको छ । यसैगरी ललितपुर जिल्ला ललितपुर महानगरपालिका२४ धापाखेल गणेश मन्दिरस्थित नन्द बहादुर श्रेष्ठले सञ्चालन गरेको गाई फर्ममा कुँडो पकाउने क्रममा गएराति आगलागी हुँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । यसैगरी नवलपरासी ९पश्चिम० जिल्लाको सुनवल नगरपालिका–११ केरवानीस्थित मोतीलाल भट्टराईको कुखुरा फर्ममा परेको चट्याङबाट विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा ७ सय वटा कुखुरा तथा फर्म पूर्ण रुपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here