spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेमा राजा वीरेन्द्रको सालिक राख्न खोज्दा तनाव

बाँकेमा राजा वीरेन्द्रको सालिक राख्न खोज्दा तनाव

spot_img

बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) केही बेर तनावग्रस्त बन्यो । स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको थियो ।२०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको सालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको सालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । सो स्थानमा विहिबार आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको सालिक पुनःस्थापना गर्न भेला भएका थिए ।
उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको सालिक राखेका थिए । तर सालिक “फिक्स” गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेको थियो भने हस्तक्षेपका क्रममा प्रहरी र सालिक स्थापना गर्न आएकाहरु संग झडपको स्थित सृजना भएको थियो ।
सोही क्रममा धम्बोजी चोक नजिकै रहेको सहिद सेतु विक चोकमा राखिएको सेतु विकको सालिक पनि तोडफोड भएको छ ।
सेतु विक चोकलाई दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो । पछि जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट त्यसलाई सेतु विक चोक भनियो र सो स्थानमा उनकै सालिक राखियो ।
धम्बोजी चोक र सेतु विक चोकको तनावको क्रममा प्रहरी र राजावादी समूहबीच ढुंगा हानाहान भएको थियो । दुई पक्षबीच झडप हुँदा केही युवा घाइतेसमेत भएको थिए ।
बिहीबार राजावादीलाई सालिक राख्नबाट रोकेपछि प्रहरीमाथि ढुंगामुढा भएको थियो । सो क्रममा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाकारी दिएका छ ।कार्यालयका अनुसार प्रहरीले ५ राउन्डभन्दा बढी हवाई फायर गरेको छ । स्थानीय प्रशासनले पूर्वराजा वीरेन्द्रको सालिक राख्न नदिने आदेश गरेपछि प्रहरीले पूर्वराजा समर्थकलाई रोकेका प्रहरी कार्यालयले जानकारी दिएको थियो ।
आक्रोशित राजावादीले सेतु विक चोकमा रहेको सहिद सेतु विकको सालिकमा समेत क्षति पु¥याएका थिए । सो क्रममा केही आन्दोलनकारी घाइते भएको बताइएको छ । घटनापछि नेपालगन्ज क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

न्युरोड स्थित सेतुविक चोकमा रखेको शहित सेतु विकको सालिकको तोडफोड पछिको दृश्य
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here