spot_img
Friday, July 26, 2024
Homeब्यानरबाँकेमा बाह्र लाख बढिको अबैध कुखुरा बरामद

बाँकेमा बाह्र लाख बढिको अबैध कुखुरा बरामद

spot_img

जिल्ला प्रहरी बाँकेले शनिबार नेपालगंजका विभिन्न स्थानमा करिब बाह्र लाख बढिको अबैध कुखुराका चल्ला र ढुवानी अटो बरामत गरेको छ ।
अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी हुदै गरेको अवस्थामा कुखुराका बच्चा अन्दाजी मुल्य रु .पाँच लाख नब्बे हजार र ढुवानीमा संलग्न अटोको अन्दाजी मुल्य रु छ लाख पचास हजार गरी जम्मा बाह्र लाख चालिस हजार मुल्य बराबरको कुखुराका चल्ला र ढुवानी सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँके जानकारी दिएको छ । अबैध रुपमा कुखुराको चल्ला लैजादै गरेको भन्ने बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली नेपालगंज उपमहानगरपालिका वडा नंं २० स्थित राझा एयरपोर्ट,नेपालगंज उपमहानगरपालिका वडा नं.१८ भुजईगाउ र डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनिया क्षेत्रमा चेकजाँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरेको ब्रोईलर कुखुराका बच्चा ल्याउदै गरेको अवस्थामा ५९ पेटीमा रहेका ५९००० ओटा कुखुरा र सो कुखुरा ढुवानीका लागि प्रयोग गरीका अटो सहित मनिसालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अबैध रुपमा नेपाल भित्राउन खोजिएको कुखुराका बच्चा र मानिस सहितलाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगंजमा बाँकेमा पठाएको बताएको छ ।यसैगरी प्रहरीले भारतबाट ल्याइएको ८ के.जि. अन्दाजी मुल्य रु २४०० बराबरको माछा समेत बरामद गरी क्वारेन्टाइन कार्यालय नेपालगंज पठाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here