spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेको सम्शेरगञ्जमा बसको ठक्करबाट दुई महिलाको मृत्यु

बाँकेको सम्शेरगञ्जमा बसको ठक्करबाट दुई महिलाको मृत्यु

spot_img

बाँकेको पूर्व पश्चिम—राजमार्ग अन्तर्गत राप्ती सोनारी गाउँपालिका–८ सम्शेरगञ्जमा यात्रुबहाक बसको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ ।राप्तीसोनारी गाउँपालिका–८ मा सोमबार दिउँसो काठमाडौंबाट पश्चीम तर्फ आउँदै गरेको ना ६ ख ७४४८ नम्बरको बसले राजमार्गमा पर्ने पुलमा हिडिरहेका दुई जना महिलालाई ठक्कर दिएको प्रहरी सुदिप हमाले जानकारी दिएका छन ।दुई जना मध्ये एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने आर्की एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका– ८ बालापुरकी २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गिता चौधरी रहेका छन् ।जिल्ला ट्राफिक कार्यालय बाँके अनुसार दुवै जनालाई घटना लगत्तै अस्पताल पुर्‍याएको थियो । एक जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए भने चौधरीको उपचारकै क्रममा आज साँझ ६ः३० बजेको समयमा मृत्यु भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here