spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेको नेपालगंज वडा नं.२० र ८ मा मेलमिलाप केन्द्र स्थापना

बाँकेको नेपालगंज वडा नं.२० र ८ मा मेलमिलाप केन्द्र स्थापना

spot_img

मेलमिलापलाई वडा स्तरमा सक्रिय बनाउने उदेश्य राखी नेपालगंज उपमहानगरपालिका न्यायिक समितिको सहयोग तथा नेपालगंज उपमहानगरपालिका सामुदायिक मेलमिलाप समितिको आयोजनामा पछिल्लो समय नेपालगंज उपमहानगरपालिका वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना भैरहेको छ । सोही क्रममा आज शुक्रबार नेपालगंज उपमहानगर वडा नं.२० र वडा नं ८ मा मेलमिलाप केन्द्र स्थापना गरीएको छ । नेपालगंज उपमहानगरपालिका वडा नं.२० मा वडा स्तरीय मेलमिलाप केन्द्र संयोजक आशा शार्कीको अध्यक्षतामा तथा वडा का वडा अध्यक्ष कृष्णा कार्कीको प्रमुख आतिथ्यमा वडा नं २० मा मेलमिलाप केन्द्रको स्थापना गरीएको हो । स्थापना कार्यक्रममा नेपालगंज उपमहानगरपालिका सामुदायिक मेलमिलाप समितिका संयोजक शिवकुमार बर्मा,समाजसेवी नवराज सापकोटा,सचेन्द्र चौधरी ,नेपालगंज नगरस्तरीय मेलमिलाप समिति आइला बोहोरा लगायतको उपस्थिती रहेको नेपालगंज उपमहानगरपालिका सामुदायिक मेलमिलाप समितिका सचिव मधु पौडेलले जानकारी गराए ।

नेपालगंज उपमहानगरपालिका वडा नं.८का वडा अध्यक्ष सुरेन्द्र गुप्ता(वैश्य) लगायतको मेलमिलाप समितिलाई सामाग्री हस्तान्तरण गर्दै नेपालगंज उपमहानगरपालिका सामुदायिक मेलमिलाप केन्द्रका संयोजक शिव कुमार वर्मा तथा उपसंयोजक उषा गौतम

यसैगरी नेपालगंज उपमहानगरपालिका वडा नं.८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता वैश्यको प्रमुख आतिथ्यमा वडा नं.८ पनि शुक्रबार नै वडा स्तरीय मेलमिलाप केन्द्रको स्थापना गरीएको छ । मेलमिलाप समितिको स्थापना सगै वडा स्तरीय मेलमिलाप समिति केन्द्रका सदस्यहरुलाई कार्यालय संचालनका निम्ति आवश्यक पर्ने कुर्सी ,टेवल ,रजिस्टर लगायतको सामग्रीहरु हस्तान्तरण गरीएको थियो ।कार्यक्रममा नेपालगंज उपमहानगरपालिका सामुदायिक मेलमिलाप केन्द्रका पदाधिकारी तथा सदस्य लगायतको उपस्थित रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here