spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेको कुसुममा एम्वुलेन्स र ट्रक आपसमा ठोकिदा पाँच घाइते

बाँकेको कुसुममा एम्वुलेन्स र ट्रक आपसमा ठोकिदा पाँच घाइते

spot_img

बाँके– पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा एम्वुलेन्स र ट्रक एक आपसमा ठोकिदा पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बुढीगंगा नगरपालिका–७ बाजुराका २१ वर्षीय बिरामी सुदीप केसीलाई बाँकेको कोहलपुरबाट काठमाडौं लिएर जाँदै गरेको भे १ च ३६५३ नम्वरको एम्वुलेन्स र बिराटनगरदेखि अछामतर्फ जाँदै गरेको सु।प। प्र ०१००१ ख २७३५ नम्वरको ट्रकसँग ठोकिएका हुन् ।

इप्रका कुसुमका अनुसार दुर्घटनामा परी बिरामी केसी, उनका ४६ वर्षीय वुवा बिरबहादुर केसी, बिरामीको साथमा रहेका २३ वर्षीय दशरथ थापा, एम्वुलेन्स चालक बासगढी नगरपालिका–८ बर्दिया निवासी ३४ वर्षीय प्रकाश बिक र कोहलपुर नगरपालिका ११ का २२ वर्षीय गणेश थारु लगायत घाइते भएका छन ।

घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । कुसुम प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here