spot_img
Saturday, October 19, 2024
Homeब्यानरबाँकेको आन्तरिक बिबाद छिटो मिल्छ संविधान सभा सदस्य ः आशा बिक

बाँकेको आन्तरिक बिबाद छिटो मिल्छ संविधान सभा सदस्य ः आशा बिक

spot_img

बाँके जिल्लाको कृयाशिल सदस्यताको विवाद समाधान नहुदाँ वडास्तरीय निर्वाचन नभै रहेको अवस्थामा क्रियाशिल सदस्यताको विवाद छिटो समाधान हुने संविधान सभा सदस्य आशा बिकले जानकारी दिनु भएको छ । नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिक हुदै जादा अधिकांश जिल्लाहरुको वडाहरुमा अधिबेशन भएको भएता पनि केही जिल्लाहरुमा अझै पनि विवादको टुङगो लागेको छैन ।आन्तरिक विवादका कारण काङ्ग्रेस निकट जनताहरुमा नैराशियता छाएको बेला माननिय आशा विकको भनाईले केही आशा भने जगाएको छ । बाँकेको क्रिायशिल सदस्यताको लिस्ट आउन समय लागिरहेको अवस्थामा क्षेत्र नम्बर १ को समस्या छिटो समाधानका लागि आपसी समझदारीका लागि गृहकार्य भैरहेको समेत सदस्य विकले जानकार दिनु भएको छ ।बाँके पुर्व प्रधानमन्त्री शुशील कोइरालाको गृह जिल्लाका कारणले चर्चामा आउनु स्वाभाविक भएता पनि सबैलाई समेटेर लैजाने र बाँकेको विवाद समाधानको अन्तिम चरणमा रहेको र क्षेत्र नम्बर १ को अग्रजहरु विच समझदारी भएमा समस्या समाधान हुने भएको हुदाँ काङ्ग्रेस कार्यकताहरुलाई विचलित नहुन सदस्य विकले आग्रह गर्नु भएको छ ।अन्य जिल्लाको वडा अधिबेशन नै सकेको तर बाँकेमा आन्तरिक किचलो भै रहेको अवस्थामा सदस्य विकको भनाईलाई महत्वका साथ हेनै सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here