spot_img
Saturday, July 27, 2024
Homeब्यानरफागुन १ गते देखि त्रिभुवन विश्वविद्यालयले भौतिक रुपमै पठनपाठन गर्दै

फागुन १ गते देखि त्रिभुवन विश्वविद्यालयले भौतिक रुपमै पठनपाठन गर्दै

spot_img

फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयले भौतिक रूपमै पठनपाठन गर्ने भएको छ ।बिहीबार एक सूचना जारी गरेर त्रिविले क्याम्पसरविभागरस्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहने गरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरी कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा गर्न भनेको छ ।कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि त्रिविका कक्षाहरू अनलाइनमा पठनपाठन हुँदै आएको थियो । संक्रमणदर घटेसँगै पठनपाठन, परिक्षा लगायत कार्यालयका सम्पूर्ण कामहरू भौतिक उपस्थितिमा नै सञ्चालन गर्ने भएको निर्णय भएको छ ।यसका लागि त्रिविको कार्यकारी परिषद्ले २५ माघमा बैठकले निर्णय गरी स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रूपमा कक्षा सञ्चालनदेखि दैनिक प्रशासनिक कार्य सम्पादन गर्न निर्देशन दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here