spot_img
Saturday, July 27, 2024
Homeब्यानरप्रेस युनियन वरिष्ठ उपाध्यक्ष प्रेम केसी सम्मानित

प्रेस युनियन वरिष्ठ उपाध्यक्ष प्रेम केसी सम्मानित

spot_img

नेपाल प्रेस युनियन बाँके साखाले युनियनको नवौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचितलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । महाधिवेशनमा बाँकेबाट निर्वाचित भएको केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई शनिबार बाँकेको नेपालगंजमा एक कार्यक्रम गरी सम्मान गरेको हो ।प्रेस युनियनका अध्यक्ष अर्जुन वलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका पे्रम केसीलाई सम्मान गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकी,नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल,नेपालीका कांग्रेस महासमिति सदस्य मेघराज वली,नेपाल प्र्रेस युनियन पुर्वकेन्द्रिय सदस्य एवं नेपालगंज उपमहानगरपालिका पुर्व उपप्रमुख उमा थापा मगर,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले सम्बोधन गरेको थिए । सम्बोधनका क्रममा केन्द्रिय सदस्य मैकुलाल वाल्मिकीले पत्रकार भनेको विशुद्ध जनताको आवाजको रुपमा हुनु पर्ने बताए ।केन्द्रिय सदस्य वाल्मिकले नेपाल प्रेस युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई बधाई दिदै पत्रकारको हकहितमा सधै अगाडि बढ्ने केसी पत्रकार असल नेता भएको बताए ।यसैगरी कार्यक्रममा नेपाली कांग्रेस बाँके पार्टि सभापतिले प्रेस युनियनले नेपाली कांग्रेस तथा नेपालको राजनितिमा विषेश योगदान गरेको भन्दै नेतृत्वको सहि गलतको विषयमा लेखेर खबरदारी गर्नु पर्ने बताए । सभापति गौडेलले बाँकेले प्रेस युनियनमा वरिष्ठ उपाध्यक्ष पाउँदा निकै ठुलो उपलब्धी भएको भन्दै निर्वाचित केसीलाई अझै अगाडि बढ्न समेत शुभकामना दिए । कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य मेघराज ओलीले नेपाल प्रेस युनियनलाई पार्टिको शुभेच्छुक संस्थाको रुपमा विकास गर्न नहुने बताए । महासमिति सदस्य ओलीले पछिल्लो समय पार्टिको राजनिति प्रभाव प्रेस युनियनमा पर्न थाले चिन्ता व्यक्त गर्दै युनियन विशुद्ध पत्रकारीतामा सफल हुनु पर्ने बताए । कार्यक्रममा नेपाल प्रेस युनियन पुर्व केन्द्रिय सदस्य तथा पुर्व नेपालगंज उपमानगरपालिका उपप्रमुख उमा थापा मगरले बाँकेका स्थानिय तहहरुमा नेपाली कांग्रेसले जितेका स्थानहरुमा सल्लाकार नियुक्त गर्दा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई प्राथमिकता दिनु पर्ने बताईन । यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले नेपाल प्रेस युनियनलाई एकढिक्का बनाएर लैजानु पर्ने वर्तमान नेतृत्वको जिम्मेवारी तथा आवश्यकता भएको बताए । उपाध्यक्ष चौलागाईले नेपाल प्रेस युनियनलाई मजबुद तथा ससक्त बनाउनका लागि नेतृत्वको निकै ठुलो हात हुने हुदा नेतृत्व कुनै गुटको नभएर प्रेस युनियनको हुनु पर्ने सुझाए ।यसैगरी प्रेस युनियन बाँकेका शाखाका अध्यक्ष अर्जुन वलीले बाँके प्रेस युनियन शाखा पत्रकारका हकहित तथा अधिकारका विषयमा सधै अग्रस्थानमा रहदै आएको भन्दै सधै पत्रकारको पक्षमा बोल्ने बताए ।नेपाल प्रेस युनियनका बाँके साखा सचिव विजय मल्लले सहजीकरण कार्यक्रममा बाँकेबाट प्रतिनिधि गर्दै नेपाल प्रेस युनियन केन्द्रिय सदस्यमा कमला हमाल र शोभा विसीले समेत सम्मान कार्यक्रम भएको भएता पनि दुवैको काम व्यस्तताले गर्दा नेपालगंज आउन नसक्दा उपस्थिति देखिएन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here