spot_img
Saturday, July 27, 2024
Homeब्यानरप्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ

spot_img

कैलाली,प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा बझाङ मष्टा गाउपालिका–२ बस्ने २५ वर्षीय मनोज कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा सिंहले एकजनालाई प्रहरी बनाई दिन्छु भन्दै ठगी गरिरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सिंहलाई कैलाली धनगढी उपमहानगरपालिका–३ चौराहबाट पक्राउ गरेको हो ।
सिंहको साथबाट प्रहरी बनाई दिने भन्दै पैसा माग गरी लिएको ६० हजार रुपैयाँको चेक र पीडितलाई फोन गरी धम्काई पैसा तथा चेक नदिए प्रहरीको छनौटबाट फेल गरिदिने भन्ने धम्की र प्रलोभन दिई फोन गरेको रेकर्ड समेत प्रहरीले बरामद गरेको छ ।पक्राउ परेको मनोज कुमार सिंह उपर ठगी शीर्षक मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here