spot_img
Tuesday, February 17, 2026
Homeकला/साहित्यपौडेल “जिज्ञासु”को बिद्रोहका तरङगको समिक्षा

पौडेल “जिज्ञासु”को बिद्रोहका तरङगको समिक्षा

spot_img

कृतिकार कल्पना पौडेल“जिज्ञासु”को बिद्रोहका तरङग कृतिको समिक्षा आइतबार बाँकेमा गरीएको छ । साहित्यकार पौडेल“जिज्ञासु” द्धारा लेखिएको कल्पना फाउण्डेसन नेपालद्धारा प्रकाशित कृति मुक्तक संग्रह बिद्रोहका तरङगको बारेमा समिक्षा गरिएको हो ।
बाँके खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिको आतिथ्यमा गरिएको समिक्षा कार्यक्रममा बोल्नेहरुले साहित्यकला तथा संस्कृतिमा जोड दिनु पर्ने बताएका थिए ।भेरी साहित्य समाज केन्द्रिय समितिका समालोचना विभाग प्रमुख लेक प्रसाद प्याकुरेल,सदस्य ईश्वरी प्रसाद रिजाल र चरित्रा शाहले कृतिमाथि समिक्षा गरेका थिए । कार्यक्रमा विशिष्ठ अतिथिहरुमा लेखक तथा साहित्यकार जित बहादुर शाह,खजुरा गाँउपालिका उपाध्यक्ष एकमाया विकको उपस्थिति रहेको आयोजकले जानकारी गराएको छ ।
साथै साहित्यकारहरु शशिराम कार्की, पंकज कुमार श्रेष्ठ, रामचन्द्र आचार्य मणि अर्याल, कल्पना खरेल साथै शिक्षाविदहरु भक्त बहादुर केसी, पूर्ण बहादुर भण्डारी, किरण आचार्य , पुरुषोक्तम अर्याल ,स्थानिय गायक महेन्द्र सेढाई,कार्यक्रममा स्वागत मन्तव्य कल्पना फाउण्डेसन नेपालका संरक्षक ऋषिराम सापकोटाले राखेका थिए ।कार्यक्रमको सहजीकरण बोधराज प्याकुरेलले गरेका थिए ।कार्यक्रमा तीन विद्यार्थी नेहा गुरुङ,समीर चौधरी र आशिक केसीलाई छात्रवृति वितरण गरीएको बोधराज प्याकुरेलले जानकारी गराएका थिए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here