spot_img
Saturday, July 27, 2024
Homeब्यानरपर्यटकीय स्थल बन्दै राप्ती सोनारीको बर्फानी बाबा

पर्यटकीय स्थल बन्दै राप्ती सोनारीको बर्फानी बाबा

spot_img

पछिल्लो समय बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–४ पर्ने बर्फानी बाबा मन्दिर पर्यटकीय स्थल को रुपमा विकास हुदै आएका छ । हिन्दू धर्मावलम्बीको मन्दिर रहेको उक्त क्षेत्र पर्यटीयक क्षेत्रको सुधारसंगै सहज पुहचताको कारण आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको बन्दै आएको हो । यसरी पर्यटकहरुको गतन्वयको रुपमा चिनिदै आएको उक्त स्थललाई राप्ती सोनारी गाउँपालिका पर्यटकीय स्थलको रुपमा लैजाने जानकारी दिएको छ । गाउँपालिकाले पर्यटीय आकर्षणका रुपमा समथर तराई क्षेत्रभन्दा केही माथि पहाडी भेगमा रहेको उक्त मन्दिरमा यसअघिपनि हिन्दू धर्मावलम्बी, भक्तजन तथा पर्यटकहरु जाने क्रम रहेको थियो । तर पूर्वाधार एवम् विकट स्थान भएकाले सबै वर्ग र उमेरका पर्यटकलाई बर्फानी जान सहज भने थिएन ।तरपनि गाउँपालिकाले यसै वर्षदेखि बर्फानी क्षेत्रको विकास, सहज बाटो निकास एवम् बर्फानीको प्रचारप्रसारलाई योजना तर्जुमा गरी कार्यान्वयन गर्ने पालिकाले जनाएको छ ।पालिकाले बुधबार १५ लाखको लागतमा बर्फानी बाबा मन्दिरमा शिव भन्दिरको शिलान्यास गरेको छ । पालिकाका अध्यक्ष लाहुराम थारुले बुधबार बिहान शिलान्यास गर्नु भएको हो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष कान्छा थारुलगायत स्थानीयको सहभागीता रहेको थियो ।यो संगै पालिकाले वर्फानी जानका लागि १० लाखको लागतमा बाटो निकासी पनि गरिसकेको छ ।
विकट क्षेत्रका रुपमा परिचित बर्फानी क्षेत्रमा सहजै पर्यटक पुग्ने वातावरण पालिकाले निर्माण गराउने पालिका अध्यक्ष थारुले बताउनु भयो ।“अहिले बर्फानी बाबा मन्दिरको लोकप्रियतापनि बढ्दो छ । र मन्दिर भएको स्थानपनि रमणिय रहेको छ ,यसको विकासले जरुरी रहेको छ,” अध्यक्ष थारु ।
थारु बर्फानीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सके उक्त क्षेत्रका स्थानीयको आयस्रोतमा पनि वृद्धि हुने बताउँछन् । अध्यक्षले भन्नु भयो, “बर्फानी मन्दिरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके यस क्षेत्रका जनताको आयस्रोतमा वृद्धि हुने निश्चित छ । साथै यस क्षेत्रमा होटल व्यवसाय, होमेस्टे जस्ता व्यवसाय पनि फस्टाउँछन् ।”पालिकाले अब बर्फानी मन्दिरमा धर्मशाला, शौचालयजस्ता पूर्वाधार निर्माणको पनि काम गर्ने योजना भएको अध्यक्ष थारुले बताउनु भयो। अध्यक्ष थारुले उक्त क्षेत्रमा जाने पर्यटकका लागि आवश्यक पर्ने सबै पूर्वाधारको निर्माण गरिने बताउनु भयोको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here