spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को शुभकामना तथा स्वागत सम्मान कार्यक्रम...

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को शुभकामना तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न

spot_img

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले शुभकामना आदानप्रदान तथा नेपाली कांग्रेसका तर्फबाट नव–निर्वाचित मन्त्रीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम शुक्रबार बाँकेको नेपालगंजमा सम्पन्न गरेको छ । प्रमुख अतिथिको रुपमा नेपाली कांगे्रसका नेता केन्द्रिय सदस्य किशोरसिंह राठोर रहेको कार्यक्रममा पुर्व संघिय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री गजेन्द्र बहादुर हमाल र लुम्बिनी प्रदेश वन,वातावरण तथा भु–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाललाई स्वागत तथा सम्मान गरीएको हो । स्वागत कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा केन्द्रिय सदस्य राठोरले प्रजातान्त्रिक पार्टीमा विभिन्न समुहहरु हुनु सामान्य कुरा भएको बताए ।उनले भने,“नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो यहाँ सबैलाई आफु राम्रो छु भनेर अगाडि आउन मन लाग्नु अस्वाभाविक होइन ।” केन्द्रिय सदस्य राठोरले भने हरेकको पालो आउँछ तर त्यसको लागि पार्टीलाई बलियो बनाएर लैजानु पर्दछ । बाँकेमा धेरैले अवसर पाएका छैन्न तर अवका दिनमा सबैको अवसरको वातावरण बनाउनु प्रत्येक नेताको काम हो केन्द्रिय सदस्य राठोरले भने ।

यसैगरी पुर्व संघिय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री गजेन्द्र बहादुर हमालले आफुले मन्त्री पदबाट राजीनामा दिदै गर्दा बाँकेको नै शिर उच्चो भएको बताए । उनले भने,“मलाई पद भन्दा पनि साथि भाईको माया ठुलो हो ।” यसैगरी लुम्बिनी प्रदेश वन,वातावरण तथा भु–संरक्षण मन्त्री सुरेन्दै बाहादुर हमालले पछिल्लो समय लगातार बाढिको कारणले पिडा भोग्न परेको कृषकलाई राहत व्यकेजको लागि मन्त्रालयमा जानकारी गराई सकेको बताए । मन्त्री हमालले भने,“मेरो प्रदेश मुख्य मन्त्रीसंग कुरा भैसकेको छ ,कृषकको मार्कालाई प्रदेशले सम्बोधन गर्ने कुरामा ढुक्क हुनु होस” ।

नेपाली कांग्रेस क्षेत्रिय सभापति रमेश कुमार गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रिय सचिव शिव कुमार वर्माले गरेको थिए । शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रममा पुर्व पार्टि सभापति युवराजा शर्मा,लुम्बिनी प्रदेश सभा सदस्य याकुव अन्सारी,महाधिवेशन प्रतिनिधि राज कुमार वर्मा,निरञ्जन सिजापति,सुदिप नरसिंह राणा,निजामुद्धिन अन्सारी,जिल्ला सदस्य माया पुन,नेपाली कांगे्रस नेपालगंज उपमहानगरपालिका नगर सभापति प्रशान्त विष्ट,जिल्ला समन्वय समिति बाँकेको उपाध्यक्ष ज्ञानेन्द्र चौधरी,नेपालगंज उपमहानगरपालिका उपमेयर उमा थापा मगर,नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष विरेन्द यादव लगायतले बोलेको थिए । कार्यक्रमको संचालन क्षेत्रिय सचिव तथा नेपालगंज उपमहानगरपालिका वडा नं.२ का वडाअध्यक्ष सुनिलसिंह हमालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here