नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके जिल्लाको निर्वाचन स्थगित भएको छ । जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत रेवतीरमण भट्टराईको अध्यक्षतामा आइतबार बेलुकी बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
बाँके जिल्लाको जिल्ला स्तरिय निर्वाचन अन्तर्गत यही मिति २०७८ मंसिर १३ गतेका दिन उम्मेदवारी मनोनयन तथा मिति २०७८ मंसिर १४ गतेका दिन मतदान गर्ने भनि निर्वाचन कार्यतालिका प्रकाशन गरिएकोमा लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन मिति २०७८ मंसिर १५ गतेदेखी प्रारम्भ हुन गइरहेको सन्दर्भमा मंसिर १४ गते प्राविधिक एवम अन्य कारणबाट निर्वाचन मतदानरमत गणना सम्पन्न हुन नसकेमा प्रदेश स्तरिय अधिवेशन निर्वाचनमा बाँके जिल्लाका प्रदेश सभा अधिवेशन प्रतिनिधीहरुको सहभागितामा प्रतिकुल प्रभाव पर्न जाने भएकोले केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार प्रदेश अधिवेशन÷निर्वाचन सम्पन्न भए पश्चात केन्द्रिय निर्वाचन समितिको प्राप्त हुने निर्देशन अनुसार निर्वाचन प्रक्रिया सुरुवात गर्ने गरी हाल बाँके जिल्लाको निर्वाचन स्थगित गर्ने निर्णय गरिएको हो ।
00