spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपाली काँग्रेस कोहलपुरले चुनावी घरदैलो शुरु

नेपाली काँग्रेस कोहलपुरले चुनावी घरदैलो शुरु

spot_img

नेपाली काँग्रेस कोहलपुरले चुनावी घरदैलो शुरु गरेको छ । कोहलपुर नगरपालिका—१२ चप्परगौडी स्थित शहिद परिवारको घरबाट घरदैलो अभियान शुरु गरिएको हो ।
शहिद परिवारका अभिभावक कुलबहादुर खत्रीले मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, उपमेयर पदका उम्मेदवार संगीता सुवेदी, वडाअध्यक्ष पदका उम्मेदवार वीरेन्द्र बहादुर शाह लगायतलाई खादा लगाएर खत्रीले विजयीको शुभकामना दिनु भएको थियो ।सशस्त्र द्वन्द्वकालमा आफन्त गुमाएका र विस्थापित भएका परिवारका तर्फबाट खत्रीले शुभकामना दिनु भएको थियो । खत्रीको शुभेच्छा र शुभकामनासहित घरघरमा पुगेका उम्मेदवारहरुले कोहलपुरको समग्र विकास लागि आफुहरु योजनाबद्ध तरिकाबाट अघि बढ्ने भन्दै नमुना कोहलपुर बनाउन काँग्रेसलाई एकपटक जिताउन अपिल गरेका हुन ।
स्थानीय मतदाताहरुले पनि नमुना कोहलपुर बनाउन युवाहरुको विकल्प नभएको भन्दै यसपाली व्यक्ति हेरेर मत दिने विश्वास दिलाएका थिए । उनीहरुले अघिल्लो निर्वाचनमा मत दिएर जिताएका जनप्रतिनिधिले आफ्नो बस्तीको विकासका लागि प्रभावकारी काम नगरेको भन्दै अव योजना सहित अगाडि बढ्ने र युवा पुस्तालाई मत दिने विश्वास दिलाए ।
घरदैलो अभियानमा जिल्ला सभापति नारायणप्रसाद गौडेल, पार्टीका पूर्व उपसभापति तथा महासमिति सदस्य फुलाराम थारु, महासमिति सदस्य द्रोपती वलीलगायत सहभागी हुनु भएको थियो । कोहलपुर नगरपालिकाका १५ वटै वडामा आजदेखि औपचारिक रुपमा घरदैलो अभियान शुरु भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here