spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगन्ज ४ को वडा अध्यक्षमा कांग्रेसबाट प्रदिप शाह सर्वसम्मत उम्मेदवार

नेपालगन्ज ४ को वडा अध्यक्षमा कांग्रेसबाट प्रदिप शाह सर्वसम्मत उम्मेदवार

spot_img

बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा को उम्मेदवार बन्ने भन्ने बिषायमा चर्चा शुरु भएको छ । राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु हुँदा नेपालगन्ज उपमहानगरपालिकाको मेयर लगायत वडा अध्यक्ष पदमा पनि विभिन्न व्यक्तिहरुको चर्चा परिचर्चा सुरु भएको छ ।
नेपालगन्जको वडा नम्बर ४ मा अध्यक्ष पदका लागि कांग्रेसबाट युवा नेता प्रदिप शाहको नाम सर्बसम्मत रुपमा चयन भएको छ । अन्य वडाबाट दर्जनौं आकांक्षीहरु हुँदा नेपाली कांग्रेस वडा नम्बर ४ ले शाहको नाम सर्बसम्मत चयन गरेको हो । वि।सं। २०४८ देखि नेबिसंघको राजनीतिबाट पाइला अघि बढाएका युवा नेता शाह हाल नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेका सचिव हुन् ।

मिलनसार स्वभावका युवा नेता शाह १३औं महाधिवेशनमा क्षेत्रीय सदस्य निर्वाचित भएका थिए भने अहिले औषधि व्यवसायी संघ बाँकेको सचिव पनि हुन् । वडा नम्बर ४ मा लोकप्रिय रहेका युवा नेता शाहले आफूले अध्यक्ष जित्नेमा कुनै शंका नरहेको बताए । सहयोगी भावनाका उनी वडा नम्बर ४ का जनताहरुको मनमस्तिष्क र हृदयमा बस्न सफल भएको नागरिकहरु बताउँछन् ।
त्यहाँका स्थानीय नागरिकहरु भन्छन्,“युवा नेता शाहले कांग्रेसका लागि गरेको योगदान र विभिन्न सामाजिक कार्यमा संलग्न भई वडाका धेरै जनतालाई गरेको सहयोगकै कारण अब उनी नै वडा अध्यक्ष जित्ने एक मात्र उम्मेदवार हुन् ।”

सबैसँँग मिलेर एकताको सन्देश दिने छवि बनाएका युवा नेता शाह एक बौद्धिक व्यक्ति समेत हुन् । उनी बाँके तरुण दलको जिल्ला सदस्य, साहु समाज बाँकेको सह(सचिव समेत हुन् । युवा नेता शाह रोटरी क्लब सेन्टर नेपालगन्जका उपाध्यक्ष र बृनोज स्वास्थ्य स्याहार केन्द्रको कार्यसमिति सदस्य भएकै कारण धेरै जनताको निस्वार्थ भावनाले उनले सेवा समेत गर्दै आएका छन् ।
यसअघिका निर्वाचनमा कांग्रेसबाट उम्मेदवार छनौट गर्दा सर्बसम्मत हुन नसकेको वडा नम्बर ४ मा अहिले युवा नेता शाह सर्बसम्मत उम्मेदवार बन्दा त्यहाँका कांग्रेसजनहरु वडा अध्यक्ष पदमा शाह अत्याधिक मतबाट निर्वाचित हुने बताउँछन् ।
सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन बनेको अवस्थामा एउटा परिस्थिति बन्ला तर कांग्रेस एक्लै लडे पनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने स्थिति रहेकाले आफू अवश्य निर्वाचित हुने नेता शाहले दावी गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here