spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगन्ज नगर प्रमुखमा विष्ट र उपप्रमुखमा राई निर्वाचित

नेपालगन्ज नगर प्रमुखमा विष्ट र उपप्रमुखमा राई निर्वाचित

spot_img

 नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उप प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का  नेपालका कमरुद्दिन राई निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भए । उनले २३ हजार ४ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए । विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ । तेस्रो स्थानमा आएका राप्रका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई निर्वाचित भएका छन् । उनले १७ हजार ९ सय ५० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् ।

राई र ढकालबीच ७ हजार ३५ मतको अन्तर रहेको छ । राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत प्राप्त गरेकी छन् । नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेस, जसपासहित पाँच दलबीच गठबन्धन बनेको थियो, भने नेकपा एमाले र राप्रपा एक्ला एक्लै भिडेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here