spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगन्ज उपमहानगरमा कांग्रेसले विष्टलाई बनायो उम्मेदवार

नेपालगन्ज उपमहानगरमा कांग्रेसले विष्टलाई बनायो उम्मेदवार

spot_img

नेपालगंज उपमहानगरपालिकामा नेपाली कांग्रेसले प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । उनी नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापति हुन् ।
पार्टीको १४ औं महाधिवेशनमा विष्ट अत्यधिक मतका साथ नगर सभापतिमा निर्वाचित भएका थिए । नेपालगन्ज नगर सभापतिमा उनको यो तेस्रो कार्यकाल हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आइतबार उम्मेदवार टुंगो लगाएको हो । लुम्बिनी प्रदेश कार्यसमितिका एक पदाधिकारीले विष्टको नाम टुंगो लगाइएको जानकारी दिए ।
टिकट लिन प्रतिस्पर्धामा विष्टसहित नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख एवम् कांग्रेस नेतृ उमा थापामगर, निर्वतमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा र पार्टीका महासमिति सदस्य एवम् २०७४ सालको निर्वाचनमा मेयरको उम्मेदवार बनेका डा.सुरेशकुमार कनोडियो अन्तिम प्रतिस्पर्धामा थिए ।
पार्टीले उम्मेदवार बनाएपछि उनले संक्षिप्त प्रतिक्रिया दिदै सबैलाई धन्यवाद दिएका छन् । “मलाई पार्टीले मेयर पदको उम्मेदवार बनाएको छ, अब जिताउने जिम्मा नेपालगन्जबासी आमा बुवा र दाजुभाई दिदी बहिनीहरुको हो, उनले भने । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले नगर प्रमुख र जनता समाजवादी पार्टीले उपप्रमुख पाएका छन् । जसपाका तर्फबाट उपप्रमुखमा कमरुद्धिन राई चुनाव लड्दैछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here