spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगन्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र सार्वजनिक, पाँच वर्षमा, पाँच संकल्प

नेपालगन्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र सार्वजनिक, पाँच वर्षमा, पाँच संकल्प

spot_img

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारको संकल्प पत्र सार्वजनिक गरिएको छ । नेपालगन्जमा बुधबार एक समारोहका बीच प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, नेकपा ९एकिकृत समाजवादी०का केन्द्रिय सदस्य अशोक कोइराला, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कांग्रेसका लुम्बिनी प्रदेश सदस्य, जिल्ला, क्षेत्र, प्रदेश सभाका पदाधिकारी, नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहागरपालिकाका उपाध्यक्ष तारा खत्री, राष्ट्रिय जनमोर्चाका जगदिश ढकाल, नगर प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दीन राई लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन ।
“पाँच वर्ष, पाँच संकल्प” भन्ने मुल नाराका साथ उक्त संकल्प पत्रमा सद्भावको शहर, हरित नगर, रिंङरोड सहितको सडक सञ्जाल र पुर्वाधार, सेवा र सुशासन तथा सामाजिक न्याय सहितको रुपान्तरणलाई समावेश गरिएको छ ।
संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, स्रोत तथा वित्तीय व्यवस्थापन, उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षा ः कोखदेखि शोकसम्म, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहरमैला व्यवस्थापन तथा सरसफाई, विपद व्यवस्थापन, सामाजिक न्याय र समावेशीता, भाषा, साहित्य, कला र संस्कृति, खेलकुद र सूचना तथा सञ्चारलाई समेटिएको छ ।
यस्तै नेपालगन्जलाई शैक्षिक हवका रुपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने र सिकाई केन्द्र स्थापना गरी विषयगत शिक्षकहरुको त्रैमासिक भेला आयोजना गर्ने, आधारभूत स्वास्थ्य सेवा, आयुर्वेद र वैकल्पिक चिकित्सा, मानसिक स्वास्थ्य लगायत निरोधात्मक, प्रवद्र्धधनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सेवालाई एकीकृत रुपमा सञ्चालन गर्न योजना बनाउने कुरालाई पनि जोड दिइएको छ ।
कृषि बीमामा साना किसानलाई ५० प्रतिशत र मझौला तथा ठुला किसानलाई ७५ प्रतिशत अनुदान दिनेमा जोड दिइएको छ । उपमहानगरपालिकामा वस्तुगत तथ्यको आधारमा करको आधार मूल्यांकन तथा निर्धारण गरिने कुरालाई प्रमुख रुपमा उल्लेख गरिएको छ । स्थानीय तहमा सञ्चालन हुने उद्योगहरुमा निश्चित प्रतिशत रोजगारी दिनुपर्ने कुरालाई व्यवस्थित गरी काम गरिने उल्लेख गरीएको छ ।
यसका साथै युवा यूवतीलाई निःशुल्क प्रजनन स्वास्थ्य शिक्षा दिने, सुत्केरी र नवजात शिशुको घर दैलोमा स्वास्थ्य सेवा प्रदान गरिने, सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक वडामा घुम्ती बैकिङ सेवा सञ्चालन गरी सामाजिक सुरक्षा रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने कुरालाई प्राथमिकतामा राखिएको छ ।
संकल्प पत्रमा स्थापित तथा उदियमान गन्तब्यहरुको पहिचान, सहज र सुलभ पहुँचका लागि गुणस्तरीय पुर्वाधार विकास, विस्तार र स्तरोन्नती गर्ने कुरालाई पर्यटनको बिषयमा उठान गरिएको छ, भने स्थानीय ज्ञान, जैविक विविधता, सीप, वातावरणीय सेवा प्रवाहको सम्भावना आदीको पहिचान गरी सूचीकृत गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको छ ।

स्थानीय भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्दे सांस्कृतिक संग्रहालयको स्थापना गरिने, खेलकुदको समग्र विकासका लागि आवश्यक भौतिक पुर्वाधार निर्माण गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई सूचना तथा सञ्चारमैत्री बनाउने र सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षालाई मध्यनजर गर्दै कार्यविधि निर्माण गरेर सामाजिक सुरक्षाको दायरामा ल्याईने लगायत महत्वपुर्ण बिषयहरु संकल्प पत्रमा समावेश गरिएको छ ।
संकल्प पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले पाँच दलिय गठबन्धनका साझा उम्मेदवारका रुपमा अगाडी सारिएका प्रशान्त विष्ट र कमरुद्धिन राईलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताए । “जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले हुन सकेन, यदी हामीले ब्यवस्थित तरिकाले गठबन्धन गर्न सकेको भए गठबन्धन दलहरुलाई बढी उपलब्धी हुने थियो, तर त्यो हुन सकेन,’ उनले भने“म भन्न चाहन्छु, हाम्रो जुन केन्द्रीय तहबाट तालमेल भएको छ, यो गठबन्धनलाई सफल बनाउने तपाई हामी सबैको दायित्व हो ।” पार्टीभित्र धेरै ब्यवस्थापन गर्न समस्या भएका कारण नेपालगन्ज उपमहानगरपालिकाको वडा तहमा गठबन्धन हुन नसकेको उनको भनाई छ ।
गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले संकल्प पत्रमा उपमहानगर क्षेत्रको भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य लगायत विविध विषयलाई समेटिएको बताए। चुनावमा गरेको संकल्पलाई निर्वाचित भएपछि पुरा कार्यान्वयन गरिने उन भनाई छ । गठबन्धनका उम्मेदवारप्रति मतदाताले देखाएको उत्साह देखेर अरु उम्मेदवारहरु अत्तालिसकेको विष्टले बताए। “गठबन्धनप्रति धेरै मतदाताल देखाएको उत्साह देखेर अरु उम्मेदवार अत्तालिसकेका छन, नेपालगन्जका मतदाता र सबै क्षेत्रका बुद्धिजिवीले पनि हामीलाई विश्वास गरेका छौ,” उनले भने। कतिपय उम्मेदवारले गठबन्धनका उम्मेदवार विरुद्ध अफवाह फैलाउने कोसिस गरिरहेको बताए । आफुहरु धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नमा उत्तिकै जिम्मेवार रहेको विष्टले बताए । “हाम्रो पहिलो प्राथमिकता नै सामाजिक सद्भाव हो,” उनले थपे।
सो क्रममा नगर उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले आफुहरु विरद्ध विपक्षीले फैलाएको भ्रमलाई चिर्दै जनताको मन जित्ने बताए । “हामी विरुद्ध अनेक भ्रम फैलाउन खोजिएको छ, तर मतदाताहरु सचेत हुनुहुन्छ, यो भ्रमलाई चिर्दै गठबन्धनलाई जिताउन जरुरी छ,” उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेकपा माओबादी केन्द्रका नेपालगन्ज उपमहानगरपालिका उपाध्यक्ष ताराबहादुर खत्री, राष्ट्रिय जनमोर्चाका जगदिश ढकालले पाँच दलिय गठबन्धन केन्द्रबाटै निर्माण भएको र नेपालगन्ज उपमहानगरपालिकामा आफ्ना साझा उम्मेदवार प्रशान्त विष्ट र कमरुद्धिन राईलाई निर्वाचित गराउन प्रतिवद्ध रहेको बताए । यो गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका निम्ति बनेको निम्ति दिएका छन ।
नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक डा. सुरेशकुमार कनोडियाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संकल्प पत्र तयारी समितिका संयोजक हेमन्त कर्माचार्यले उम्मेदवारले निर्वाचित भएपछि गर्न सक्ने विषय बस्तुलाई मात्र समेटिएको बताए । “निर्वाचित भएपछि गर्नै नसक्ने कुरालाई हामीले संकल्प पत्रमा समेटेका छैनौं,” उनले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here