spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगन्जको परसपुरमा झडप, ७ घाइते

नेपालगन्जको परसपुरमा झडप, ७ घाइते

spot_img

बाँके जिल्ला नेपालगन्ज वडा नं. १७ परसपुरमा झडप भएको छ । वडाध्यक्षमा निर्वाचित लक्ष्मण प्रसाद बर्माको समूहमाथि आक्रमण भएपछि दुई समूह बीच झडप भएको प्रत्यक्षदर्शीको भनाइ छ ।खासगरी नेपाली काँग्रेसका नेता बादशाह कुर्मी परिवार र निवर्तमान वडाध्यक्ष अजय पाठक समर्थकहरु बीचको चुनावी “अनबन” निर्वाचन परिणाम पछि आक्रोशमा परिणत भएको हो ।
“दुई गाउँले पक्षधरहरु बीच झडप भएको खबर आएपछि तत्कालै प्रहरी गएर स्थितिलाई नियन्त्रणमा लिएको छ”, जिल्ला प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भने, ‘केही घाइतेलाई नर्सिङ्ग होम ल्याइएको छ, घटनास्थल प्रहरीको नियन्त्रणमा लिइएको छ ।’
काँग्रेस नेता बादशाह कुर्मीले विजय जुलुसमाथि पाठक समूहले आक्रमण गरेको दाबी गरेको छ । “वडाध्यक्षलाई नियन्त्रणमा लिएर कुटपिट भएको छ”, आफ्ना भतिज सन्दिप बर्मा सहित ७ जना गम्भीर घाइते भएको जानकारी दिंदै कुर्मीले भने, “प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन, गाउँ आतंकित छ ।”
प्रत्यक्षदर्शीका अनुसार, गाउँलेका दुई समूह बीच ठूलो संख्यामा रहेका प्रहरीहरु पर्खाल बनेर दुवै तर्फ सम्झाउने काम गरिरहेका छन् । “यद्यपि, दुवै समूहमा आक्रोश छ, कति बेला के हुन्छ, यसै भन्न सकिंदैन” । प्रत्यक्षदर्शीले भने ।
वडाध्यक्षको उम्मेदवार रहेका अजय पाठक विरुद्ध उजुरी परेपछि उनको उम्मेदवारी रद्द भएको थियो । उम्मेदवारी रद्द गराउन सत्ताको शक्ति कुर्मीले दुरुपयोग गरेको आरोप पाठकले लगाउँदै आएका थिए । निर्वाचनमा एमालेका ३ सदस्य र काँग्रेसले वडाध्यक्ष सहित १ सदस्यमा विजय हासिल गरेको छ ।दैनिक नेपालगंजबाट

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here