Post Views: 205
बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.२ ले शुक्रबार भोली वडा भेला गर्ने भएको छ । वडा स्तरीय योजना तर्जुमा सम्बन्धि वडा भेला भोली शुक्रबार दिउसो ३ः३० बजे बागेश्वरी पार्कको सत्संग भवनमा गरीने वडा सदस्य सम्भ्रन्त बिक्रम शाहले जानकारी दिएका छन । वडा स्तरीय योजनाहरु तर्जुमा गर्नका लागि राखिएको वडा भेलामा वडाबासीहरुको योजनालाई समेटिने सदस्य शाहले जानकारी दिदै सबै वडाबासीहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरीएको बताए । वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले हस्ताक्षर गरी वडा बासीहरुको नाममा निमन्त्रण पत्र समेत प्रशासित गरीएको छ ।