हाम्रो वडा राम्रो वडा भन्ने नाराका साथ शनिबार विशेष सरसफाई कार्याक्रम गरीएको छ ।बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं.४ ले निरन्तरता दिदै आएको शनिबारे विशेष सरसफाई कार्यक्रमलाई शनिबार न्युरोड स्थित बौद्धगुम्बाबाट कार्याक्रमको सुरुवात गरेको हो । वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुनको अध्यक्षतमा सुरुवात गरीएको विशेष सरसफाई कार्याक्रममा वडा सदस्य रुमिता श्रेष्ठ,मो.सलीम मुसलमान,उत्तम सिंह सिजापती,राज कुमार कार्की ,जिल्ला समन्वय समितिका सदस्इ रवती दमाई,नेपाली कांग्रेस लुम्बीनी प्रदेश सदस्य धर्म राज सुनार,नेपालगंज उद्योग वाणिज्य संघका महासचिव चिरञ्चीवी वली ,वडाका भद्रभलाद्मी,बुद्धिजिवी,राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।



