spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँके युनेस्को क्लबको नेतृत्वमा तुलाधर

बाँके युनेस्को क्लबको नेतृत्वमा तुलाधर

spot_img

बाँके, बर्दियाको सामाजिक क्षेत्रमा क्रियाशिल संस्था, बाँके युनेस्को क्लबको अध्यक्षमा रवि तुलाधर निर्वाचित भएका छन् । शनिबार भएको क्लबको १०औं अधिवेशनले तुलाधरको अध्यक्षतामा ललिता चौधरी उपाध्यक्ष, बुधेश जायसवाल महासचिव, सविना सिद्दिकी सचिव र फिरदोष जहाँ कोषाध्यक्ष निर्वाचित गरेको हो ।
नवनिर्वाचित क्लब सदस्यहरुमा मिना तुलाधर, भावुक जंग थापा, फर्मान अली, साहिल अन्सारी, मिना चौधरी र जावेद सिद्दिकी सर्वसम्मत चुनिएका छन् । शनिबार नै क्लबको ३३औं बार्षिक साधारणसभा र १०औं अधिवेशन युनेस्को राष्ट्रिय महासंघका अध्यक्ष हरिवंश किराँत र उपाध्यक्ष दिपक सरकारले उद्घाटन गरेका थिए ।क्लब अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा भएको क्लबको बार्षिक साधारणसभामा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विक, नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख शोभा शाह, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, बर्दियाका पूर्व अध्यक्ष कृष्ण जंग शाह, जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष विवेक शर्मा लगायतले क्लबको योगदानबारे चर्चा गरेका थिए ।कार्यक्रममा गैसस महासंघ बाँकेका अध्यक्ष शाहले गैर सरकारी संस्था सञ्चालन सम्बन्धी कानुनी व्यवस्था सुधारका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराए । गैससलाई एउटै छाताबाट नियमन गर्न आवश्यक रहेको औंल्याए । ‘नियामक निकायले इमान्दारितापूर्वक नियमन गर्ने हो भने एनजीओले खराब काम गर्नै सक्दैनन्’, अध्यक्ष शाहको भनाइ थियो ।कार्यक्रममा जनप्रतिनिधिहरुले गैर सरकारी संस्थाले राज्यका सहयोगी अंगका रुपमा काम गर्न ध्यानाकर्षण गराएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here