spot_img
Friday, July 26, 2024
Homeखेलकुदनवौंधारा नेपालगन्जम्याराथन ः गोपी र सन्तोषीच्याम्पियनगोपी दोस्रो पटक, सन्तोषीको ह्याट्रिक

नवौंधारा नेपालगन्जम्याराथन ः गोपी र सन्तोषीच्याम्पियनगोपी दोस्रो पटक, सन्तोषीको ह्याट्रिक

spot_img

नेपाल एपीएफक्लबका गोपीचन्द्र पार्कीले नवौ धारा नेपालगञ्जम्याराथनको उपाधी जितेका छन् । पार्कीले दोस्रो पटक नेपालगञ्जम्याराथनको उपाधी जितेका हुन् । उनले यसअघि छैठौ संस्करण जितेका थिए ।पार्कीले नेपालगञ्जम्याराथन २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा पूरा गरेका छन् । उनले डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पारेका छन् । गतवर्ष २ घण्टा २० मिनेट २८ सेकेन्डमा दुरी पार गरेर उपाधीजितेका खड्काले यसपाली २ घण्टा २२ मिनेट एक सेकेन्डमा दुरी पार गरेर दोस्रो भएका छन् ।सातौ संस्करणका च्याम्पियनएपीएफका किरणसिंह बोगटी तेस्रो भएका छन् । उनले २ घण्टा २५ मिनेट ४३ सेकेन्डमा दुरी पार गरेका थिए । सन्तोषविक्रम विष्ट चौथो, मोहनदेव जोशीपाँचौ, प्रेमबहादुर बस्नेत छैठौ, शेरबहादुर बुढा सातौ र अजयविके आठौं भएका छन् ।
म्याराथनको उपाधीजितेकापार्कीले दुई लाख, दोस्रो भएका खड्काले एक लाख, तेस्रो भएकाबोगटीले ५० हजार पाएका छन् । चौथोभएका विष्टले २५ हजार, पाँचौभएकाजोशीले १५ हजार, छैठौ भएका बस्नेतले १० हजार, सातौ भएका बुढा र आठौभएकाविकेले ५÷५ हजार पुरस्कार पाएका छन् ।
हाफम्याराथन (महिला)माधादिङकी सन्तोषीश्रेष्ठले ह्याट्रिक गरेकी छन् । लगातार तेस्रो पटक उपाधीजित्दै श्रेष्ठले ७५ हजार रुपैया पुरस्कार पाएकी छन् । श्रेष्ठले एक घण्टा २० मिनेट ५१ सेकेन्डमा दुरी पार गरेकी छन् । आठौंमाउनले एक घण्टा १६ मिनेट ४८ सेकेन्डमा दुरी पार गरेकीथिइन् । हाफम्याराथनमाफूलमति राना दोस्रो भएकी छन् । उनले एक घण्टा २१ मिनेट एक सेकेन्डमा दुरी पार गरिन् । दोस्रो भएकी रानाले ५० हजार पुरस्कार पाइन् ।छैठौ संस्करणमा उपाधीजितेकीपुष्पा भण्डारी तेस्रो भएकी छन् । एक घण्टा २३ मिनेट ३६ सेकेन्डमा दुरी पारेकीउनले २५ हजार पुरस्कार पाएकी छन् । चौथोभएकीविन्द्राधान्के श्रेष्ठले १५ हजार, पाँचौभएकी राज्यलक्ष्मी रावलले १० हजार, छैठौ भएकी गणना भण्डारीले ५ हजार पुरस्कार पाएकी छन् ।
१० किलोमिटर दौडमा पुरुषतर्फ दुर्गाबहादुर बुढा, नरेन्द्रसिंह रावल र धर्म महर्जन क्रमशःप्रथम, दोस्रो र तेस्रो भएका छन् । १० किलोमिटर महिलातर्फ राममाया बुढा प्रथम, आशा रावत दोस्रो र मनसरा बुढा तेस्रो भएकी छन् । १० किलोमिटर दौडको महिला र पुरुषदुवैका विजेताले ३० हजार, १५ हजार र १० हजार रुपैया पुरस्कार पाएका छन् ।
स्कूलस्तरीय ५ किलोमिटर दौडमा छात्रतर्फ दिपेन्द्र बोहरा प्रथम, अजय पाण्डे दोस्रो र सरोज सिंह तेस्रो भएका छन् । छात्रातर्फकल्पना बुढा प्रथम, विमलाकार्की दोस्रो र मोतिकला डाँगी तेस्रो भएकी छन् । उनीहरुले ५ हजार, तीनहजार र दुई हजार पुरस्कार पाएका छन् ।
५ किलोमिटर ह्वीलचियरमा पुरुषतर्फ यज्ञबहादुर खत्रीप्रथम, रोहितकुमार तमोली दोस्रो र शमशेर अलि बेहना तेस्रो भएका छन् । उनीहरुले ५ हजार, तीनहजार र दुई हजार पुरस्कार पाएका छन् । ५ किलोमिटर ह्वीलचियरको महिलातर्फ देउकुमारी थारु प्रथम र श्यामकलिथारु दोस्रो भएका छन् । उनीहरुले पाँचहजार र तीनहजार पुरस्कार पाएका छन् ।
किड्स रनमाछात्रतर्फअभिशेष खड्का प्रथम, आयुश रावल दोस्रो र प्रवीण राना तेस्रो, छात्रातर्फ कृति परियार प्रथम र हिमानी बटाला दोस्रो भएका छन् । ५ किलोमिटर कर्पोरेट रनमा योगेश मल्लप्रथमभएका छन् ।
म्याराथनकाविजेताहरुलाई नेपालगञ्जउपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्य, लुम्बिनीप्रदेश खेलकुद परिषदका सदस्य सचिवजयप्रकाश भट्टराई, नेपालगञ्जम्याराथनका संस्थापककाअध्यक्ष टीएस ठकुरी, केएल दुग्गडका सिइयो प्रदीप छाजेड, डाइरेक्टर सौरभ दुगडलगायतले पुरस्कार वितरण गरेका थिए ।
एशोसियसनअफ इन्टरनेशनलम्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यतापाएको नेपालगञ्जम्याराथननेपाल सरकार र तत्कालिन सशस्त्रमाओवादीकाबीचमामंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा गर्ने गरिन्छ । यो वर्षको म्याराथनविजेताले लण्डन म्याराथनमाअवसर पाउने आयोजकले बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here