spot_img
Saturday, July 27, 2024
Homeकृषिनरैनापुरको समस्या क्याबिनेटमा राखेर आवस्यक निणर्यका साथ सहयोग गरिन्छ ःअर्थ मन्त्री शर्मा

नरैनापुरको समस्या क्याबिनेटमा राखेर आवस्यक निणर्यका साथ सहयोग गरिन्छ ःअर्थ मन्त्री शर्मा

spot_img

बाँकेको नरैनापुर गाँउपालिका प्रमुख इस्तियाक अह्मद शाहको आग्रहमा अनुगमनका लागि नरैनापुर पुगेका अर्थ मन्त्री जनार्दन शर्माले लामो समय सम्म परेको खडेरीका कारण भएको क्षति बारे प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष रिर्पोट गर्ने बताएका छन ।खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुन लागेपछि पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सो क्रममा पालिका अध्यक्ष शाहले अर्थ मन्त्री शार्मालाई नरैनापुरको अवस्थाको बारेमा जानकारी गराउदै भने, ‘गत वर्षको बेमौसमी बर्षाका कारण खेतमा कृषकले लगाएको धानबाली नष्ट भएको पिडा सेलाउन नपाउदै यस वर्ष समयमा वर्षात नहुदाँ धानको बिउ खेतमा नै सुकेर नष्ट भएको छ । गाउँपालिकामा सिचाइको व्यवस्था नहुँदा ९० प्रतिशत खेत बाँझो नै देखिएको छ । नरैनापुरका ९० प्रतिशत खेत बाँझो भए पछि पालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषण गरिएको छ ।’ नरैनापुरमा कुन हद सम्म समस्या रहेको छ ? भन्ने स्थलगत अनुगमन क्रममा अर्थ मन्त्री शर्माले भने, ‘यस क्षेत्रको अहिलेको अवस्था हेर्दा आगामी दिनमा साद्यन्न संकट आउने सोतह देखिन्छ । त्यस लागि यसको समाधान गर्न म क्याबिनेटमा प्रस्तावको रुपमा राख्छु र यस बिषयमा विस्तृतमा छलफल हुनेछ । र प्रधानमन्त्री समक्ष रिर्पोट पनि गर्नेछु । यहाँका जनतालाई भोकमरीबाट बचाउन के गर्नुपर्छ रु सिचाईको व्यवस्था, र तत्काल खाद्यन्नको आपुर्तीका मुख्य बिषय बनेको छ । यस्तो अवस्थामा यहा कुन खेती गर्न सम्भव छ रु त्यता तिर ध्यान दिनुपर्छ । र यी सबै विषय वस्तु क्याविनेटमा राखिनेछ र त्यहाँबाट निणर्य गरेर सहयोग पुर्‍याउने छौं ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here