spot_img
Friday, July 26, 2024
Homeसमाचारनरैनपुरमा पारिवारिक मूल्य मान्यता सम्बन्धी गोष्ठी

नरैनपुरमा पारिवारिक मूल्य मान्यता सम्बन्धी गोष्ठी

spot_img

नरैनपुर गाउँपालिकामा एक दिने पारिवारिक मूल्य मान्यता सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । फेमिली पिस एशोसिएशन नेपाल र नरैनपुर गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त गोेष्ठीमा ३६ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य, बिद्यालयका शिक्षक, बुद्धिजिवी र समाजसेवीको सहभागिता रहेको थियो । कार्यक्रमा फेमिलि पिस एशोसिएशन नेपालका महासचिव निरन्जन थापा र कार्यक्रम संयोजक भुपेन्द्रबहादुर भण्डारीले आ-आफ्नो प्रस्तुती गरेका थिए ।

महासचिव थापाले नयाँ नेतृत्वको ढाँचा र कार्यक्रम संयोजक भण्डारीले पारिवारिक मूल्यमान्यताका विषयमा प्रस्तुती गरेका हुन् । विद्यमान परिवेशमा द्वन्द्वरहित समाज निर्माणमा परिवारीक महत्व कस्तो हुन्छ रु भन्ने विषयमा रहेर कार्यक्रम संयोजक भण्डारीले प्रस्तुती गरेका थिए । संयोजक भण्डारीले पारिवारिक मूल्य मान्यताको अवमूल्यन हुँदा विश्व द्वन्द्वग्रस्त अवस्थामा पुगेको बताए ।

समाज परिवर्तनका लागि समाजका अगुवाहरुले कस्तो भूमिका निर्वाह गर्नुपर्छ त र? भन्ने सवालमा केन्द्रीत रहेर प्रस्तुती दिँदै संस्थाका महासचिव थापाले वर्तमान नेतृत्वको ढाँचा परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले नयाँ नेतृत्वको अवधारणाको समेत विश्लेषण गरेका थिए ।

उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नरैनपुर गाउँपालिकाले गरेको थियो भने प्राविधिक सहायोग फेमिलि पिस एशोसिएशनले गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here