spot_img
Monday, January 13, 2025
Homeकृषिधान खरिद गर्न अझै १ हप्ता लाग्ने, सस्तोमा विक्री गर्दै कृषक

धान खरिद गर्न अझै १ हप्ता लाग्ने, सस्तोमा विक्री गर्दै कृषक

spot_img

कृषकले उत्पादन गरेको धान खरिद गर्न सरकारलाई अझै १ हप्ता लाग्ने भएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज मुख्य शाखा प्रमुख राम बहादुर बिष्टले कार्तिक अन्त्यमा भनेका थिए, ‘केन्द्रबाट धान खरिद प्रकिृया बारे निदेर्शन आउन बाँकी छ । केन्द्र पनि तयारी अवस्थामा रहेको छ । धानको कोटा के कति खरिद गर्ने लगायतका बिषयमा परिपत्र आउँन बाँकी छ । गत वर्ष पनि मंसिरको दास्रो सातामा निदेर्शन आएको थियो, यस वर्ष पनि लगभग त्यत्ती समय लाग्न सक्छ ।’उनले भने, ‘माथीको निर्देशन स्वरुप पत्र २/३ दिन म आउँछ, अनि खरिद गर्ने प्रक्रियाको तयारी गर्दा अबको ५/६ दिन लाग्नेछ ।’उनका अनुसार सरकारले धानको मूल्य निर्धारण भईसकेको छ । ‘अहिले मोटा धानको मूल्य २ हजार सात सय बाउन रुपैँया, मध्यम धानको मूल्य दुई हजार नौ सय दुई रुपैँया प्रति क्युन्टल तोकेको छ’ बिष्टले भने ।‘धान खरिदको मापदण्ड एउटै हुन्छ ।’ बिष्टले भने, ‘यस वर्ष धान खेती गर्ने किसान मर्कामा परेको छ त्यँही पनि नेपाल सरकारको निति नियम अनुसार धान खरिद कार्यक्रम हुन्छ नै १ धान खरिद क्रममा प्राविधिक र बिषेश मापदण्ड अनुसार खरिद हुन्छ ।’‘धान खरिदको मापदण्ड प्रत्येक वर्ष एउटै हुन्छ’ उनले स्पष्ट पारे ।यता किसानले उत्पादन गरेका धान उचित मूल्यमा खरिद नहुँदा उनीहरु मर्कामा परेका छन। कृषकहरुले गहु तथा विउ मल खरीदका लागि सस्तोमा स्थानिय निजी डिपोहरुमा धान सरकारले निर्धारण गरेको मुल्य भन्दा कममा विक्री गरीरहेको छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.