spot_img
Friday, June 13, 2025
Homeकला/साहित्यधम्बोजी,आदर्श,युनाईटेड र जय बागेश्वरी बिजयी

धम्बोजी,आदर्श,युनाईटेड र जय बागेश्वरी बिजयी

spot_img

नेपालगन्जमा जारी प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको खेलहरुमा धम्बोजी माबी, आदर्श स्कुल, युनाईटेड र जय बागेश्वरी बिजयी भएका छन।
बुधबार दिउँसो भएको खेलमा धम्बोजीले पशुपती माबिलाई २५-९, २५-१९ ले आदर्शले सरस्वतीलाई २५-२,२५-२ ले युनाईटेडले होप इन्टरनेशनल स्कुललाई २५-१५,२५-१५ ले र जय बागेश्वरीले एन एम ए लाई २५-२०,२५-१३ ले पराजित गर्दै दोस्रो चरणमा प्रबेश गरेका छन।
आज बिहान भएको उदघाटन खेलमा पुरुषतर्फ युनाईटेड स्कुलले सगरमाथालाई १९-२५, २५-२३ र २५-१६ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रबेश गरेको छ। त्यस्तै दोस्रो खेलमा धम्बोजी मा। बि। ले महेन्द्र मा.बि. लाई २५-१६, २५-१० को सोझो दुई सेटले पराजित गर्न सफल भयो भने तेस्रो खेलमा एन एम ए ले पशुपती मा.बि. राँझालाई २६-२४, १९-२५ र २५-२२ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रबेश गर्न सफल भयो ।
पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता संचालनमा भईरहेको छ।
जेठ ३० गतेसम्म सन्चालन हुने उक्त प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको छ । नक आउट प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्ब खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिएका छन । बुधबार क्वार्टर फाईनल र सेमीफाईनलका खेलहरु हुने आयोजक पूर्व खेलाडी समाज बाँकेले जनाएको छ।

Authors

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here