spot_img
Saturday, July 27, 2024
Homeब्यानरधनगढीलाई बालमैत्री नगर बनाउने प्रतिबद्धता

धनगढीलाई बालमैत्री नगर बनाउने प्रतिबद्धता

spot_img

कैलालीको धनगढी उपमहानगरपालिकाले धनगढीलाई बालमैत्री नगर बनाउने प्रतिबद्धता जनाएको छ । वालबालिका तथा युवाको समग्र विकासका लागि नगरपालिकाले ५ बुदे प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
शुक्रबार युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा धनगढीमा आयोजित स्थानिय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिता बिषयक अन्र्तक्रिया कार्यक्रममा उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ, नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी, वडा नम्बर ८ का वडाध्यक्ष नारायण बराल लगाएत विभिन्न शाखाका शाखा प्रमुखहरुले संयुक्त प्रतिबद्धता व्यक्त गरेका हुन ।
अन्तरक्रिया कार्यक्रममा सहभागी बालबालिका तथा युवाहरुले विभिन्न प्रश्न तथा गुनासो व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी नगर बाल सञ्जालकी अध्यक्ष लक्ष्मी जोशीले नगरपालिकाबाट बालक्लवहरुको लागि बजेट विनियोजन नभएको गुनासो गरीन् । उनले बालक्लवहरुले बजेट अभावकै कारण बालक्लवहरुले चाहे अनुसारको काम गर्न नसकेको बताइन् । यस्तै योजना तर्जुमा प्रक्रिया बालबालिकाहरुको सहभागिता नहुने बताइन् ।
यस्तै सहभागी प्रविन चन्दले बालक्लवहरुका योजनाहरु नगरको योजना पुस्तिकामा समावेश नहुने र स्थानिय योजना तर्जुमा आफुहरुलाई जानकारी समेत नहुने गुनासो व्यक्त गरे । अर्का सहभागी सुरज खड्काले बालबाली तथा बिद्यार्थिहरुमा लागु औषध दुव्र्यसनिका समस्या बढ्दै गएकाले नगरपालिले यस बिषयमा गम्भिर भएर सोच्नुपर्ने बताए ।
सहभागी युवा कुवेर खड्काले पछिल्लो समय युवापुस्ताहरुमा मानसिक समस्या बढ्दै गएको र यस बिषयमा मानसिक समस्या समाधानको लागि मानसिक शिक्षा सम्बन्धी योजना र लगानि बढाउनुपर्ने बताए । यस्तै नरगपालिकाले व्यवहारीक तथा गुणस्तरीय शिक्षामा नगरपालिकाले जोड् दिनुपर्ने बताए । नगर बाल सञ्जालका सचिव मनिस बोहराले बालबालीकाहरुका लागि विनियोजित भएको बजेट सदुपयोग नहुने गरेको बताए ।

सहभागीहरुका प्रश्न तथा गुनासाहरुलाई सम्बोधन गर्दै नगरपालिका सामाजिक शाखा प्रमुख टंकबहादुर बिष्टले योजना तर्जुमा पक्रियामा टोल र वडा स्तरमा हुने भेलाहरुमा बालबालिकाहरुको सहभागि बढाउने बताए । उनले बालबालिकाका आवश्यकतालाई मध्य नजर गर्दै कति उमेर समुहकालाई कस्ता किसिमका योजनाहरु दिदा उपयुक्त हुने बुझेर योजना छनौट गर्ने बताए । यस्तै बालबालीका तथा युवाहरुको समस्यालाई सम्बोधनको लागी आफ्नो शाखाबाट हुनसक्ने सबै काम गर्न तयार रहेको बताए ।
यस्तै नगरपालिका युवा तथा शिक्षा शाखाका शाखा अधिकृत अकबर चन्दले शिक्षाका क्षेत्रमा नरगपालिकाले थुप्रै कामहरु गरेको बताए । उनले बालबालीका तथा युवाहरुको समस्या तथा आवश्यकतालाई ध्यानमा राखेर शाखाले काम गरिरहेको बताए । उनले शाखाबाट भए गरेका सम्पुर्ण कामहरुको विवरण समेत अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरे ।
कार्यक्रममा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नारायण बरालले स्थानिय योजना तर्जुमा बालबालीका तथा युवाहरुको सहभागीता बढाउने बिषयमा आफुहरु सक्रात्मक भएको बताए । उनले नगरका योजनाहरुका बालबालीका तथा युवाहरु समस्या समाधान संगै उनिहरुको समग्र विकासका लागि आफुहरु प्रतिबद्ध गरेको बताए ।
नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले दुई बर्षदेखी कोभिडका कारण स्थानिय योजना तर्जुमा बालबालीहरुको सहभागीता न्युन रहेको स्विकार गरे । उनले आगामी योजना तथा कार्यक्रममा सबै क्षेत्रालाई समेटेर लैजाने बताए । यस्तै धनगढीलाई बालमैत्री नगर बनाउन आफुहरु लागि परेको समेत मुडभरीले बताए । उनले युवाहरुका समस्या समाधानका लागि विद्यालयस्तरमा सुधारका कार्यक्रम ल्याउने बताए ।
अन्तरक्रिया कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धनगढीलाई सुदूरपश्चिमको पहिलो बालमैत्री नगरपालिका बनाउन आफु लागि पर्ने धारणा राखे । बाल संरक्षणलाई जिबन्त राख्न सबै क्षेत्रले एकजुट भएर लाग्नुपर्ने उनले बताए । यस्तै नीति निमार्ण कर्ताहरुले समेत बालबालीका तथा युवाहरुको बिषयमा कदम चाल्नुपर्ने सुझाए ।
कार्यक्रममा परियोजना संयोजक हेमराज भट्टले कार्यक्रमको बिषयबस्तु माथि प्रकाश पारेका थिए । बास नेपालले अहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न पालिकाहरुमा बाल संरक्षणका क्षेत्रमा काम गरिरहेको बताए ।
कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, विभिन्न बालक्लवका पदाधिकारी, युवा सञ्जालका पदाधिकारी र सरोकारवालाहरुको सहभागित रहेको थियो । कार्यक्रमको सञ्चालन बास कैलालीका अध्यक्ष पाण्डव पुजाराले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here