शनिबार देखि सञ्चालनमा आएको तथ्याङकका विश्लेषण सम्बन्धी तालिमको तेस्रो दिनको प्रशिक्षण डा.हरि प्रसाद तिवारीले दिएका छन । मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगंजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा संचालनमा रहेको तालिमको सोमबार डा.तिवारीले प्रशिक्षण गरेको हुन ।तालिमलाई प्रशिक्षण गर्दै गुणात्मक अनुसन्धानमा आवश्यक पर्ने नमुनाका प्रकार तथा यसका सकारात्मक र नकारात्मक पक्ष लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगंज बाँके क्याम्पस प्रमुख भगत नेपालीका अनुसार संचालित तालिममा बाँके र बर्दियाका विभिन्न क्याम्पसका प्रमुख तथा प्राध्यापकहरुको सहभागिता रहेको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस