spot_img
Saturday, July 27, 2024
Homeब्यानरठुलो परिमाणमा लागुऔषधसहित बाँकेमा एक पक्राउ

ठुलो परिमाणमा लागुऔषधसहित बाँकेमा एक पक्राउ

spot_img

प्रतिवन्धित लागु औषध दुव्र्यसनको केन्द्र बन्दै आएको नेपालगंजमा दैनिक जसो प्रतिबन्धित लागु औषध सहित मानिसहरु पक्राउ परी रहेको पाइएको छ । यसैक्रममा मंगलबार नेपालगञ्जबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१६ चौलिका चोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका–९ शान्तिपुरका २४ वर्षीय प्रविण विसीलाई १५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बुढाथोकीको हिडाई शंकास्पद देखेपछि खानतलासी गर्दा ज्याकेटको दाहिने खल्तीमा ३ वटा प्लाष्टिकमा पोका पारि राखिएको उक्त ब्राउनसुगर बरामद भएको हो । उनको साथबाट तीन हजार नगदसमेत फेला परेको प्रहरीले जनाएको छ । उनी एक वर्षदेखि लागु औषध सेवन तथा कारोवारमा संलग्न रहेको खुलेको पनि प्रहरीले जनाएको छ ।
सीमावर्ती रुपईडिहा बजारबाट भारतीय नागरिकलाई चार लाख रुपैयाँ दिएर उनले ब्राउन सुगर खरिद गरि ल्याएका थिए । उनले उक्त ब्राउन सुगर काठमाडौं लैजाने उद्देश्यले नेपाल भित्र्याएको बताएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here